दारिम्बा गाउँमा खोज्नलाई आए हजारौ कला छ।
यही गाउँ भित्र अवसर पाए समधुर गला छ।
करिब १५ बर्ष अगाडी मैले मेरो आमाको देहान्त पछी आमाको नाममा लेखेको शोक काब्यमा यी माथीको लाइन लेखेको थिए । त्यो बेला ती शब्दहरु फुर्नु र लेखिनु मेरो कल्पना हैन यथार्त थियो ।
शिरीरी बतास चल्ने माथी देउराली, चौदे डाँडा,देबिस्थान अनि तल कल कल बग्ने शिवा खोला मुसेपा खोला अझ तल आहा त्यो इन्द्रावती काबेली आहा, प्राकृतिक छटाले भरी पुर्ण त्यो सुन्दर बस्ती याङ्वरक ५ दारिम्बामा जन्मिएका एक प्रतिभा हुन कमल तावा ।
गाउँ घरमा मेला पात जाँदा मीठो गीत गुन गुनाउने , बाँसुरीको मीठो भाका हालेर साथी भाईलाई मन्त्र मुक्त पार्ने, गाउँ घरमा हुने कार्यक्रमहरुमा गीत गाएर सबैलाई मनोरन्जन दिने कमल समय बित्दै जादा आम नेपाली जस्तै गाउँ घरको मायाँ मुटुमा राखेर बिदेशि भुमी टेक्न पुगे।
मन भरी गीत गाउने रहर परदेशमा पुगेर पनि मनमै बाँधेर राख्न सकेनन ।गाउँ घर साथी भाईको सम्झना अनि एक दिन गायक बन्ने रहरले घोची रहयो। बिदेश पुगे पछी सामाजिक सन्जाल फेसबुक र वाट्स एप ग्रुपमा जोडिए पछी आफ्नो प्रतिभा अरु सामु पुर्याउन कमललाई अलि सहज भयो।
केही अनलाईन प्रतियोगीताहरुमा सहभागी भएर बेजाता समेत भएका कमल तावा किरात याक्थुङ्ग चुम्लुङ ग्रुपमा जोडीए पछी किराँत याक्थुङ्ग चुम्लुङ ग्रुपको तर्फ बाट एउटा गीत रेकर्ड गर्ने मौका पाए।
भेट भयो अनलाईनमा नजर जुध्यो अन्जानैमा।
मनमा मायाँ जाग्दै थियो पहिलो हाम्रो चिनजानैमा।
आफ्नो पहिलो मीठो पुर्वेली गीत आफ्नै शब्द रचना महेन्द्र राईको संगीतमा मेलिना राई संग रेकर्ड गरे ,गीतको म्युजिक भिडियो हाम्रो फोकस च्यानलले युट्युबमा स्वार्जनिक गरेको छ भने गीतमा हिल्सा तावा,बिपिन माबो,अपिल सुन्दासको अभिनय रहेको छ।
आफ्नो पहिलो गीतको सकरात्मक प्रतिकृया पछी कमलले दोश्रो गीत यो कान्छीको गालामा कोठी परदेश बाटै रेकर्ड गरेका छन । गीतको म्युजिक भिडियो अहिलेको जटिल परिस्थीती सहज भए पछी सार्वजनिक गर्ने बिचारमा छन।
कमल तावा गायनमा रहर पूरा गर्न मात्र आएका हैनन, त्यसैले एक/ दुई गीत रेकर्ड गरेर हराउने पक्षमा छैनन अब कमल फेरि अर्को गीत –
फुल जस्तो हैन मायाँ चाहे अन्तै सार्न मिल्ने।
बनावटी आँसु छैन तिम्रो जस्तो झार्न मिल्ने ।
आधुनिक गीतको तयारीमा लागेका छन । सुरुमा लेखेको त्यो १५ साल अगाडीको लाईन कमल बाटोमा गीत गुनगुनाउदै हिड्दा आवाजले मन छोए पछी लेखेको थिए ।आज कमलको गीत युट्युबमा हेरेपछी १५ बर्ष पछी याङ्वरक फोकस अनलाईनमा कमलको बारेमा लेख्न पाए । अन्तमा बाँकी गायन यात्रा निरन्तर रहोस /सफल रहोस शुभकामना।
बालन्द माबो
भिडियो:
Discussion about this post