पाँचथर याङ्वरक गाउँपालिकाले कवड हल निर्माण गर्न जनता बाट निशुल्क जग्गा माग गरेकोछ।
पाँचथर याङ्वरक गाउँपालिकाले एक सुचना निकाल्दै मध्य पहाडी लोक मार्गले भेट्ने ठाउँमा निशुल्क रुपमा जग्गा दान माग गरेको छ।याङ्वरक गाउँपालिकाले खेलकुद बिकाशको लागि भवन निर्माण गर्ने सुचनामा उल्लेख गरेको छ।
सुचनाको अनुसार ५ रोपनी जग्गा इच्छुक जग्गा धनीले गाउँपालिकालाई निशुल्क रुपमा दान गर्नु पर्नेछ ।स्थानिय याङ्वरक बासी जनताहरुले भने यसरी सावर्जनिक रुपमा गाउँपालिकाले जग्गा दान मागे पछी आक्रोश पोखेकाछन ।तल याङ्वरक गाउँपालिकाको फेसबुक पेजमा आएको केही कमेन्ट।
नारायण कोईराला
सुचना वा सुचना!! , धन्य छ सुचना तिमीलाई, धन्य छ सुचना सम्प्रेसण गर्ने निकायलाई, नैतिक भए पाे नैतिकताकाे कुराे हुन्छ? छी ! छी!! फेरि कवड हल रे त्याे पनि दुर पहाडी निकायमा? कवडहलमा गेम खेल्ने कुन दर्जाका मानिस पर्छाै र त्यहाँकाे जनसंख्यामा कति % छ? साेही ठाउँमा अाफ्नाे१ राेपनी पनि भुमि खनजाेत गरेर जिविकाे पार्जन गर्न नगरि भाेकै रहनेकाे संख्या करिव ७५% छ।अनि माहासयहरुलाई चाहियाे ५ राेपनी त्याे पनि पक्की सडकबाट पायक पर्ने गरि। वरु माहासय अस्पताल बनाउनुहाेस्,शैक्षिक संस्था स्थापना गर्नुहाेस,जेष्ठ भलाकुसारी अाश्रम बनाउनुहाेस् , गरिवहरुकाे एकीकृत बस्ती बसाल्नुहाेस्,पुस्तकालय बनाउने र पुस्तकालयमा गएर अध्यायन गर्ने वातावरण श्रृजना गर्नुहाेस्,अनुसन्धान परिक्षण गर्ने विज्ञान प्रविधिकाे स्थान वनाउने अभ्यास गर्नुहाेस , बैज्ञानिक कृषि प्रबिधि अन्वेशण अनुसन्धान क्षेत्र बनाउनुस हामी संग भुभाग छ अनुदानमा लगनि गराैला र यस्ताे बिलासित्ताकाे लागी बनाईने कवडहलमा यहाँहरुले गरेकाे अनियमिता र बेरुजु रकमबाट खरिद गरेर कवडहल वनाउनु हाेला ।
” सुनलाई कसि लगाउँदा चम्कन्छ तर पितललाई जति नै कसि लगाए पनि चम्कन्न” भन्ने अग्रजबाट उखान सुने थे हाे रहेछ। पितल कहिले सुन बन्न सकेन।
flash back
हरेक क्षेत्रमा नेपालि जनताले दान दक्षिणा मात्र गरेर सम्भव होला र ?
राज्यले लगानि स्वयम् गर्नु पर्यो नि।
अघिल्लो वर्ष फृज भएर जान लागेको रकम जग्गा खरिद गरे हुन्न र ? सुन्नमा आएको छ बेरुजु पनि भएको त्यहि रकम लेखाजोखा गरेर खरिद गरे हुन्न र।
Ghanendra mabo
दान दछिणा पनि पुरै सुचना निकालेरै पो माग्नु पर्ने भएछ?जग्गा दानमा माग्ने काम श्रमदानबाट गर्ने बिपत्ती प्रकोपहरु भए देश बिदेश चन्दा माग्ने के के हो मागेरै गर्नु पर्नेहरु पनि
Polestar tawa
एउटा भोको भिखारी ले आजकल यसो भन्छ रे ” मलाई भोक लागेको छ, तर खसी को मासु त्यो पनि बयर जात को ताजा मासु अनि मगमग बासना आउने चामलको भात, मस्यामको दाल,ताजा खारेको घ्यु, अलिकती तामाको अचार, फिलुङ्गो को धुलो थोरै सिलामको अचार” भन्छ रे, अब यो यो भिखारी को अर्डर अनुसार को खाना दिएर उसको भोक मेटाएर पुन्य कमाउन सकिएला र! 😁😁😁 #feelingconfused ….
gairigauko thule yonghang thule
याङ्वरक को पल्लरक टार त्यतिकै खाली छ हो त्यहाँ को खाली जामिनलाई सदुपयोग गरे कसो होला
Discussion about this post