अमिर माबो
विश्व ब्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण बारे जनचेतना,रोकथाम , उपचारको लागि स्थानीय सरकार याङवरक गाउँपालिका पान्थरले गरिरहेको प्रयासलाई थप टेवा पुर्याउन “नेपाल शिक्षक महासंघ गाउँ समिति” ले याङ्वरक पालिका भित्र रहेका विद्यालयहरु मा कार्यरत शिक्षक,कर्मचारीहरुबाट स्वेच्छिक रुपमा सहयोग संकलन गरि याङ्वरक गाउँपालिका को विपत् कोषमा रु. १,०५,००० (एक लाख पाँच हजार मात्र) रकम जम्मा गरि बैंक भौचर र सहयोगीहरुको नामवली याङवरक गाउँपालिका का अध्यक्ष श्री लेखनाथ घिमिरे ज्युलाई हस्तान्तरण गरिएको छ।
Discussion about this post