अमिर माबो
गैरआवासिय नेपालि संघ मलेसिया पटकपटक विवादमा पर्दै आएको छ । नव निर्बाचित अध्यक्षले नक्कली चेक दिएको आरोपका कुराले , कोभिडका कारण मलेसियामा बाडिएको राहत सामाग्री बितरणमा आर्थिक पारदर्शिताका कुराले, सस्थाको रकम मिटर ब्याजमा लगाइएको कुरा लगाएत अन्य थुप्रै बिसयमा गैरआवासिय नेपालि संघ मलेसिया पटकपटक बिबादास्पद बन्दै आएको छ।
अहिले फेरि विवाद मा तानिएको छ गैरआवासीय नेपाली संघ मलेसिया । गैरआवासीय नेपाली संघ मलेसियाका वरिष्ठ उपाध्यक्ष सुन्दर आलेले संस्था भित्रकै अध्यक्ष लागाएत संघ भित्र कै ब्यक्तीहरुले आफुलाई फसाउने तरिकाले मलेसियाको प्रशासनमा विभिन्न आरोप लगाएर रिपोर्ट गरिएको भनि सामाजिक संजालमा लेखेपछि बिबाद थप बिबादित बन्दै गएको छ । तर वरिष्ठ उपाध्यक्ष आलेले लगाएको आरोप स्पस्ट पारिसकेका भने छैनन् भने अध्यक्ष लगाएतका आरोप लागेका पदाधिकारिहरुले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
उपाध्यक्ष सुन्दर आलेले आफूविरुद्ध अध्यक्ष भट्टराईले उजुरी दिएको सामाजिक सञ्जालमै लेखेका छन् ।उपाध्यक्ष सुन्दर आलेले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस यस्तो छ।
नेपाली दूतावास मलेसिया, विभिन्न संघ, सस्थाका अध्यक्ष ज्युहरु, पत्रकार, वुद्दिजिवी, समाजसेवि, सम्पूर्ण शुभ चिन्तक दाजुभाइ तथा दिदिबहिनीहरुमा नमस्कार ।
बर्षो देखि म यस बिदेशी भुमिमा रहेर पनि विभिन्न नेपाली समुदाय, संघ, सस्थामा आबद्ध रहि बिभिन्न सामाजिक कार्यहरुमा सकेसम्म सहयोग गर्दै आएको सर्बबिदितै छ । मैले तन, मन, धनले हरेक नेपालीहरु प्रती सकेको सहयोग गर्दै आएको र निरन्तर गर्ने पनि छु । यति गर्दा पनि म प्रती सघ भित्रकै अध्यक्ष लागाएत संघ भित्र कै ब्यक्तीहरुले मलाइ फसाउने तरिकाले मलेसियाको प्रशासनमा विभिन्न आरोप लगाएर रिपोर्ट गरिएको हुदा राजदुतावास मलेसिया, विभिन्न संघ सस्था, साथै शुभ चिन्तकहरुमा जानकारी गर्दछु। मलाइ लगाएको आरोप बारे छिट्टै सत्य तथ्य आउने नै छ । यस आरोप सम्वन्धी मैले कार्वाहीको लागि सम्बन्धित कानुनको सहायताबाट अगाडि बढने जानकारी समेत गर्नु चाहन्छु । तसर्थ मलाई बिना कसुर प्रशासनमा बुझाउने षड्यन्त्र रचिएकाे हुदा मलाई लाग्छ मेराे सुरक्षाकाे चासाे यहाहरुले अवश्य लिनु हुनेछ । साथै मेराे सुरक्षाकाे निम्ती सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले सम्बन्धित निकाय मार्फत पहल गरिदिनु हुनेछ भन्ने गर्दछु ।
सुन्दर आले
वरिष्ठ उपाध्यक्ष एनआरएनए मलेसिया
Discussion about this post