अमिर माबो
बारम्बार विवादमा आएको ग्रिनसिटी अस्पताल माथी फेरि गम्भीर आरोप आएको छ।बिचौलियाको रुपमा एम्बुलेन्स चालकलाई प्रयोग गरेर जनता माथी खेलवाड गरेको भिडियो सार्वजनिक भएको छ।
ग्रिनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले एम्बुलेन्स चालक हरुलाई मोटो रकम तिर्न सक्ने बिरामी देख्ने बितिकै जसरी पनि आफ्नो अस्पतालमा ल्याउँनु । बिरामी को अवस्था हेरि प्रति बिरामी १० देखि २० हजार खर्च दिनेछौं भनेर भनेको भनी एम्बुलेन्स चालक सरोज पाण्डे ले onlinepana tv नामक youtube channel मा अन्तरबार्ता दिएको भिडियो सार्वजनिक भएको छ।
अर्कै अस्पतालको एम्बुलेन्स चलाउँने भएतापनि एम्बुलेन्स चालकहरुलाई प्रलोभन दिएर अस्पतालले बिरामीको स्वास्थ्य र सम्पत्ति माथी गम्भीर खेलवाड गरिरहेको कुरा चालक पाण्डेको कुराबाट प्रष्ट बुझ्न सकिन्छ।
कलाकार तथा पत्रकार देव लामालाई पनि अरु अस्पताल लैजान खोज्दा खोज्दै जबरजस्ती ग्रिनसिटीमा ल्याएको भनी भनेका छन् । अहिले कलाकार तथा पत्रकार देव लामाको हातखुट्टा केही चल्दैन।पत्रकार तथा कलाकार देव लामाको पछिल्लो अवस्थाको बारेमा अनभिज्ञ रहेको कुरा पाण्डेले बताएका छन् ।अहिले आएर पछुतो लागेको र त्यो अस्पताल मा सकेसम्म कोहि बिरामी हरु नजानुहोला भनी माफी मागेको छन् ।।
भिडियो
Discussion about this post