अमिर माबो
- बुधबार भएको UEFA CHAMPIONS LEAGUE खेलमा बायर्न म्युनिख ले लियोन माथी ३-० को जित निकालेर बायर्न म्युनिख फाइनल मा प्रवेश गरेको छ।बायर्न म्युनिख को जिनाब्रिले २ तथा रोबर्ट लेवान्डोस्कीले १ गोल गरेका थिए। यस जितसँगै बायर्न म्युनिख ले फाइनल खेल आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्ने छ ।
पीएसजीले मंगलबारको खेलमा आरबी लाइप्जिग माथी ३-० को जित दर्ता गरेको थियो । पीएसजीको जितमा मार्किन्हस, एन्जल डी मारिया र जुआन बर्नाटले १-१ गोल गरेका थिए। मंगलबार भएको खेलमा जित हासिल गरेर फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो ।साथै रियल म्याड्रिडले सन् २०११ पछि पाँच वर्षको अन्तरमा ४ पटक उपाधि जित्ने क्रममा कायम गरेको कीर्तिमानलाई पीएसजीले बराबरी गरेको छ।
आरबी लाइप्जिग संगको सेमिफाइनल खेलमा नेयमारले कोरोना भाइरस (कोभिड–१९) को नियम विपरित विपक्षी टोलीका खेलाडीसँग जर्सी साटासट गरेपछि ब्रायर्न म्युनिख संग को फाइनल खेल गुमाउने सम्भावना बढेको छ। कोरोनापछि सुचारु भएको फुटबलको नियममा एक अर्का खेलाडीबीच अंकमालका साथै जर्सी साटासाट गर्न नपाइने बताइएको छ । नियमअनुसार खेलाडीले नियम उल्लंघन गरे एक खेलको प्रतिबन्ध र करिव १२ दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने नियम रहेको छ।
Discussion about this post