अमिर माबो
हामी गीत सुन्छौ तर गीतकार को हो भनेर कहिले बुझ्न चाहदैनौ।अहिले आएर गीतकार हरु को नाम लिन थालिएको छ गायक गायिका हरु बाट । गीतकार हरु लगानी गर्छन् , शब्द संकलन गरेर राम्रो गीत बनाउछन तर दर्शक श्रोताले चिन्ने भनेको गायक या गायिका लाई मात्र हो।त्यही भएर पनि आजकल प्राय आफै लेख्दै आफै गाउने चलन जस्तो नि भएको छ।नेपाली चर्चित गीत होस् या राष्ट्रियता मा बनेको गीत होस् गीतकार लाई त्यती दर्शक श्रोता ले चिन्दैनन। आफै लेख्ने आफै गाउने र बजारमा ल्याएको कतिपय गीतहरु ले नकारात्मक टिप्पणी खेप्दै आएको पनि देखिन्छ भने सकारात्मक टिप्पणी पाएको गीतहरु नि बजारमा ल्याइएको छ।
नेपाली गीत संगीत को बजारमा आफुलाई गीतकार को रूपमा चिनाउन सफल गीतकार दिपेन्द्र खड्का पनि एक हुन् ।उहाँले लेख्नुभएको शब्दमा सयौं गीतहरु रेकर्ड भएका छन् ।गीतकार खड्का बैदेशिक रोजगारीको सिलसिलामा परदेश भएता पनि नेपाली गीत संगीतमा पहिचान बनाउन सफल भएका छन् ।सानै देखि गीत संगीत मा लागेका खड्का को आफ्नै संघर्ष छ यहाँ सम्म आइपुग्न लाई।पारिवारिक साथ र सपोर्ट भएकै कारण नि हुन सक्छ उहाँले धेरै राम्रो राम्रो गीत हरु बजारमा ल्याएका छन् । गीतकार खड्का को नयाँ पुर्बेली लोक गीत “पिपल पातैमा “ बजार मा आएको छ।
यस गीतमा गायिका वर्ता गन्धर्व र गायक बिनोद गन्धर्व को स्वर रहेको छ भने संगीत गायिका वर्ता गन्धर्व आफैले गर्नु भएको छ। संगीत संयोजन मनोज साङ्सोङ राई ले गरेका छन् । पिपल पातैमा ; गीतको रेकर्ड सुरेश राई ले गरेका छन् भने मिक्सिङ राजु कार्की ले गरेका छ्न।
“पिपल पातैमा ” भिडियो
Discussion about this post