विशाल बेघा
नेपालमा सर्बाधिक रुचाईएकाे साे( the voice of nepal) काे लाेकप्रिय प्रतिस्पर्धि भ्वाईसका रनरअप बिकाश लिम्बुको ‘पहिलो नजर’ बोलको गीत सार्वजनिक भएकाे छ।
दि भ्वाइस अफ नेपाल सिजन २ का रनरअप बिकाश लिम्बुको ‘पहिलो नजर’ बोलको गीत सार्वजनिक भएको छ ।दि भ्वाइस अफ नेपालपछि बिकाशको यो पहिलो पहिलाे गित रहेको छ । गीतमा सुरज तामाङको संगीत रहेको छ भने, ध्रुव केसीको शब्द रहेको छ । गीतलाई देबेश राईले एरेञ्ज गरेका छन् ।
गायक तथा संगीतकार सुरजको निर्देशनमा बनेको म्युजिक भिडियो निकै तारिफ योग्य बनेको छ । गायनमा जति अब्बल छन अभिनयमा पनि बिकास लाई त्यतिकै अब्बल देख्न सकिन्छ।गीतको भावलाई न्यायपुर्ण रुपमा उतारिएको म्युजिक भिडियोमा गायक स्वयम बिकाश र नया कलाकार ब्रिक्क्षा लिम्बुको अभिनयपनि उत्तिकै तारिफ योग्य रहेको छ ।
वि.सं. २०६४/६५ सालको समयलाई उतारिएको म्युजिक भिडियोमा बिकाशले माध्यमिक तह सम्म अध्ययन गरको स्कुलमै छायांकन गरिएको हो । सोहि समय अनुसार बिकाश र बृक्षा लिम्बुलाई भिडियोमा उतारिएको छ । उक्त म्युजिक भिडियोलाई योगेश दाहालले छायांकन र सम्पादन गरेका छन।
भिडियो
Discussion about this post