बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय उडान भदौ १६ गतेबाट संचालन गर्न दिने निर्णय गरेको छ
पीसीआर परीक्षण सहज भएका देशहरु मलेसिया, दुबई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, अमेरिका, क्यानडा युरोपेली देश, अस्ट्रेलिया र हङकङबाट मात्र उडान हुने भएको छ भने अहिले पीसीआर परीक्षण सहज नभएका देशहरु साउदी अरब, कुवेत, कतार र अन्य देशबाट नियमित उडानबाट यात्रु ल्याउन नसकिने मन्त्रीपरिषद् को बैठक बाट पारित भएको छ।
नेपाली नागरिक, नेपालमा रहेका विदेशी नियोगका कुटनीतिज्ञ र कर्मचारी र विकास साझेदार संस्थाका कर्मचारी र प्रतिनिधिलाई मात्रै नेपाल ल्याउने गरी नियमित उडान गर्ने पनि सरकारले निर्णय गरेको छ ।नियमित उडानको लागि अनुमति नभएका देशमा भने चार्टर्ड उडान मार्फत उद्धार गर्न सकिने सरकारले जनाएको छ ।
मन्त्रीपरिषद् को बैठक ले लागु गरेको शर्तहरु
नेपाल आउने यात्रुहरु ले जहाज चढ्नु भन्दा ७२ घण्टा अगाडि कोभिट टेस्ट गरेको प्रमाणपत्र देखाउनुपर्ने र नेपाल आउने फारम भरेको र होटल बुकिङको प्रमाण देखाउनुपर्नेछ । यात्रुहरु ले सात दिन होटल क्वरेण्टीन बस्ने खर्च पनि टिकट काट्दा नै बुझाउनुपर्नेछ । सरकारले तोकेका मापदण्ड विपरीत यात्रु बोकेर आएका जहाजलाई कारबाही गर्ने भएको छ ।
Discussion about this post