–पाँचथर जिल्ला न्यून काेराेना संक्रमण रहेकाे जिल्ला मध्ये एक हाे।जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत एकजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामा ३८ वर्षीय जवान रहेको पाँचथर प्रहरीले जनाएको छ । काेराेना संक्रमण देखिएका प्रहरि जवान साउन २४ गते बिराटनगरबाट सरुवा भएर पाँचथर फिदिम आइपुगेको पाँचथरका प्रहरी प्रमूख (डिएसपी) सिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।
बिराटनगरबाट आएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरमा रहेको क्वारेन्टिनमा राखिएकाे थियाे। साउन ३१ गते उनकाे स्वाब संकलन गरेर परिक्षणका लागि कोशी अस्पताल बिराटनगर पठाइएकोमा गएराती नतिजा आएको हो ।
कोरोना रिपोर्ट पोजेटिभ आए लगत्तै उनलाइ इलाम स्थित कोभिड उपचार केन्द्रमा पठाइएको स्वास्थ कार्यालय पाँचथरका प्रमूख नारदमणी सुवेदीले जानकारी दिनुभयो । कार्यालय भित्रै संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यलय पाचथर अझ संम्यमित भएकाे र पुर्ब तयारि मा अझ संबेदनसिल रहने(डिएसपि) सिद्धराज न्याैपाने ले जानकारि दिनु भएकाे छ।
पाँचथर जिल्लामा यसअघि संक्रमण पुष्टि भएको जम्मा संख्या ८ जना पुगेको छ उनीहरु मध्ये ५ जना उपचार पछि निको भएर घर फर्केका छन भने ३ जना उपचाररत रहेको बताइएको छ ।
Discussion about this post