अमिर माबो
लाेकगीत लाेक संस्कृतिकै प्रमुख अङ्ग हाे ।लोक गीतको अाफ्नाे रूप र विधा अाफैंले जन्माउँछ । याे सरल र लाेकप्रिय हुन्छ । लोकगीत प्रकृति जनजीवन को एेना हो । त्यसैले लाेकगीत भनेकाे प्राकृतिक मनबाट जन्मिने गीत हाे ।लोकगीत मा समाजलाई समेटेको हुन्छ , प्रकृति संग खेलेको हुन्छ , डाडापाखा , लहरापहरा , ढुङ्गा माटो ,खोलानाला ,पानी पधेरो लाई समेटिएको हुन्छ।
हिमाल पहाड तराई भएको सुन्दर नेपाल मा आआफ्नो सस्कृती छ ।आआफ्नो लोक भाका छ। पुर्बेली भाका पश्चिमी भाका को लोकगीतहरु पछिल्लो समय युवापुस्ता ले सुन्न बुझ्न कम गरेको जस्तो देखिन्छ ।
लोकगीत युवापुस्ता मा हराउदै गएको बेला पुर्बेली भाकामा गीतकार दिपेन्द्र खड्का ले ” जुरेली चरी झरिमा ” गीत बजार मा ल्याएको छन् ।
गीतकार खड्का को ” जुरेली चरी झरिमा” गीतमा गायक इन्द्र सुशील चोङ्बाङ र गायिका सविना योङ्हाङ ले स्वर भरेका छन् । गायक चोङ्बाङ आफैले संगीत भरेको यस गीतलाई एरेन्ज कृष्ण भक्त राई ले गरेका छन् ।
“जुरेली चरी झरिमा” भिडियो
Discussion about this post