गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए यूएई) का अध्यक्ष प्रकाश कोइराला निलम्बनमा परेका छन् । शुक्रबार नेपाल एसोसिएसन यूएईले एक विज्ञप्ति जारी गर्दै कोइरालालाई निलम्बन गरेको बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले जारी गरेको उक्त विज्ञप्तिमा कोइरालाले दिएको स्पष्टीकरणको औचित्य पुष्टि नभएकाे ठहर गर्दै बोर्ड बैठक र सिडिएको स्वीकृतीलाई आधार मानी निलम्बन गरिएको जनाइएको छ ।
UAE मा एनआरएनए त्यहाँको कानुनअनुसार एक सामाजिक संस्थाका रुपमा रहेर नेपाल एसोसिएसनका नाममा दर्ता छ । यसअघि NRNA तथा नेपाल एसोसिएसनको नेतृत्व रमेश श्रेष्ठले गरिरहेका थिए । तर, हाल एनआरएनए यूएईको नेतृत्व प्रकाश कोइरालाले गरिरहेका थिए । नेपाल एसोसिएसनको नेतृत्व भने श्रेष्ठले नै सम्हालेका थिए । UAE मा कानुनी रुपमा नेपाल एसोसिएसनका नाममा दर्ता भएता पनि एसोसिएसन नै आधिकारिक एनआरएनए हो ।
एनआरएनए यूएईकाे आन्तरिक नियममा उल्लेख भए अनुसार एनआरएनएको अध्यक्ष नै एसोसियसनको अध्यक्ष बन्ने प्रावधान छ । तर, कोइराला NRNAकाे नेतृत्वमा आइसकेपछि पनि श्रेष्ठले एसोसिएसनको अध्यक्षको जिम्मेवारी भने छोडेका थिएनन् ।
NRNA UAE बिगत केही दिन यता बिबादमा परेकाे छ। अहिले विवादकै बीचमा एनआरएनएको नेतृत्व कोइराला र एसोसिएसनको नेतृत्व श्रेष्ठले गर्दै आएका थिए । स्थानीय निकायमा कानुनी रुपमा एसोसियसन दर्ता भएकोले एनआरएनएले एसोसियसनको निर्देशनअनुसार नै चल्नुपर्छ ।
केहीदिनअघि मानव तस्करहरुसँग मिलेमत्ताे रहेकाे आरोप लागेपछि एनआरएनए यूएईले आफ्ना केही पदाधिकारीहरुलाई निलम्बन समेत गरेको थियो । यूके पठाइदिन्छु भनेर ठुलाे समुहमा युवाहरुलाई यूएई लगेर अलपत्र पारिएका मध्ये दुई युवालाई मानव तस्कर ‘दलाल’ले उल्टै गुण्डा लगाइ मरणसन्न हुनेगरी कुटपिट गरेको विवादमा NRNA UAE का पदाधिकारी मुछिएपछि अध्यक्ष कोइरालाले तीन जनालाई निलम्बन समेत गरेका थिए।
उक्त घटना कुटपिटमा संलग्न भएको आरोप लागेका एनआरएनए दुबई क्षेत्रका क्षेत्रीय अध्यक्ष भीम मल्ल ठकुरी र उपाध्यक्ष निराजन खत्रीलाई अनुसन्धान नसकिँदासम्मको लागि भनेर निलम्बन गरेका थिए । त्यस्तै पीडितहरु कुटिएको विषयमा संस्थाको निर्णयबिना एकलौटी ढंगले विज्ञप्ति जारी गरेको आरोपमा एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष नरबहादुर सेनलाई समेत निलम्बन गरिएको थियो । सोही प्रकरणले नै अहिले यूएईको एनआरएनए बिबाद मा परेकाे छ युएई मा कार्यरत केही बुद्दिजिबिहरु NRNA UAE का केही जिम्मेवार ब्यक्ति हरु स्वार्थकाे पछि लागेकाे र अाफु खुशि गरेकाे समेत बताउछन ।
कोइरालाले ३ पदाधिकारी निलम्बन गरेको प्रतिशोधमा श्रेष्ठले उनलाई नै निलम्बन गरिदिएको एनआरएनए यूएईकै अगुवाहरुले बताएका छन् ।NRNA UAE ले केही राम्रा काम हरु गरेकाे भएता पनि
याे घटना सङ्गै NRNA UAE काे बिबाद र स्वार्थ छर्लङ्ग भएकाे छ।
शुक्रबार जारी गरिएकाे श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोइरालाले मानव तस्करी प्रकरणमा तानिएका दुबई कमिटीका पदाधिकारीहरूलाई छलफल नगरी निलम्बन गरेकाे स्पष्टीकरणको मौका नदिइ निलम्बन गरेको, सदस्यहरुले दिएको राजीनामा सम्बन्धमा छलफल समेत नगरी स्वीकृत गरेको, लेटरहेड र आधकारिक सोसल मिडियाबाट सूचनाहरु प्रकाशित गर्नुपर्नेमा अनाधिकृत तरिकाले सूचना सम्पेष्ण गरेको, आइएलओको परियोजनामा नेपाल एसोसिएसन बोर्डलाई जानकारी नगराएको, सदस्य छनौट समितिलाई आफ्नो स्वार्थ अनुरुप व्यक्तिगत प्रतिष्ठामा आँच आउने गरी आरोपित गर्दै पत्रकारलाई प्रायोजन गरी समाचार सार्वजनिक गरेको लगायतका अन्य धेरै आरोप लगाइएको छ । उक्त बिज्ञप्तिमा कोइरालालाई अरु अन्य आवश्यक कारवाहीका लागि सिडीए समक्ष प्रस्तुत गरिएको पनि जनाईएकाे छ ।
Discussion about this post