पान्थर , याङ्वरक
मोरङ को पथरी शनिश्वरे नगरपालिका का ४८ बर्षिय बुवा अहिले सामाजिक संजाल मा र टिकटक भाइरल भएको धेरै लाई थाहा छ। उहाँ लाई स्वर सम्राट नारायण गोपाल को दर्जा नि दिइएको छ । उहाँ को आवाज लाई स्वर सम्राट नारायण गोपाल को आवाज संग तुलना गरिएको छ र तुलना गर्न योग्य पनि रहेको छ।
उहाँको नाम अमित कुमार राई हो।उहाँ अहिले ४८ बर्ष पुग्नुभयो।रेडियो मा सुनेको भरमा गीत गाउन सिकेको अनि मेलापात गोठाला जादा गुनगुनाउने गर्नुहुन्थ्यो। पहिले गीत रेकर्ड गर्ने मन हुदाहुदै पनि आर्थिक अवस्था कमजोर भएको कारण गीत रेकर्ड गर्न सक्नुभएन ।गाउँमा अनि गरिबी मा हराएको जादुमय स्वर लाई अहिले धेरै ले मन पराएको छ।
एकदमै मीठो गीत गाउनुहुने राई ४८ बर्ष को उमेरमा पनि अझै युवा गायक झै गाउन सक्छन् । उहाँ ले गाउनु भएको गीत आजभोली सामाजिक संजाल देखी टिकटक जताततै देख्न सुन्न सकिन्छ।
बुबाले गोपाल योञ्जन , नारायण गोपाल आदिको गीत प्राय गाउनुहुन्छ। बिहे तिर गीत गाउने मान्छे आवस्यक परेको बेला गाउने गर्नुहुन्थ्यो पहिले।उहाँको दौँतरी साथीहरू पनि मादक बजाउनु र सारङ्गी बजाउन मा उतिकै माहिर हुनुहुन्छ ।
बुबालाई उज्ज्वल भविस्य को हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
याङ्वरकफोकस परिवार
श्रोत :- बुबाले दिनुभएको विभिन्न अन्तरबार्ता बाट
Discussion about this post