पान्थर, याङ्वरक
च्याम्पियन लिग 2019/2020 को उपाधी जर्मन क्लब बायर्न म्युनिख ले जितेको छ ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० को अन्तर ले पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिखले छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।पीएसजीकै पूर्वखेलाडी किङ्ग्सले कोमानले ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो। जोसुवा किमिचको क्रसमा कोमानले गोल गरेका थिए ।
बायर्नका प्रशिक्षक ह्यान्सी फ्लीक गत नोभेम्बरमा प्रशिक्षकको रुपमा टोलीको नेतृत्व सम्हालेका थिए।र उनले बायर्न म्युनिख लाई च्याम्पियन्स लिगको उपाधि जिताउन सफल भएका छन् ।
पीएसजी ले फाइनल सम्म उत्कृष्ट खेल खेल्दै आएको थियो । दुई सुपरस्टार स्ट्राइकर नेयमार र किलियान एम्बाप्पे भएको पिएसजी फाइनल खेलमा बायर्न संग निराश बन्न पुग्यो।
म्यान अफ द म्याच किङग्सेले लोमान बनेका छन्।
Discussion about this post