
याङवरक । पछिल्लो समय फिक्स ब्रोडब्याण्ड इन्टरनेट सेवामा फाइबरबाट इन्टरनेटको पहुँच र प्रयोग एकदमै तीब्र रुपमा विस्तार हुँदै गइरहेको छ । सेवाप्रदायकहरु वायरलेस, एडीएसएल, केबल लगायतका अन्य प्रविधि प्रतिस्थापन गर्दै फाइबर इन्टरनेटमै जोड दिइरहेका छन् ।
उच्च गतिको विश्वसनीय सेवा हुने भएकाले पनि यो इन्टरनेट सबैजसोको रोजाईको विषय बन्दै गएको हो । दर्जनौंको संख्यामा रहेका सेवाप्रदायकहरु पनि पहुँच विस्तारसँगै सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट दिने होडमा छन् ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अहिले फाइबर इन्टरनेटमा वर्ल्डलिंक सबैभन्दा अगाडि छ । असोजसम्मको तथ्यांक अनुसार हालसम्म तीन लाख ३० हजार चार सय ४९ फाइबर इन्टरनेटका ग्राहक रहेको उक्त कम्पनीका कूल ग्राहको संख्या ३ लाख ३४ हजार २३४ रहेकाे छ ।
२ लाख ३५ हजार ७८२ ग्राहक साथ समग्र फिक्स लाइन इन्टरनेटमा दोश्रो धेर ग्राहक रहेको नेपाल टेलिकमका फाइबरमाा भने १० हजार तीन सय ३५ ग्राहक मात्रै छन् । त्यस्तै केबल इन्टरनेट सहित ९१ हजार ११८ ग्राहक सहित तेश्रो ठूलो इन्टरनेटसेवा प्रदायकको रुपमा रहेको सुबिसुले फाइबर ग्राहकको संख्या ५६ हजार तीन सय ५४ पुर्याइसकेको छ ।
यस्तै ७७ हजार ८०६ रहेको भायनेटका सबै प्रयोगकर्ता अप्टिकल फाइबरमै रहेका छन् । त्यसपछि फाइबर इन्टरनेटमै क्रमशः क्लासिक टेकक ७५ हजार चार सय ४०, टेकमाइण्ड्स २९ हजार ६ सय २२ ग्राहक रहेका छन् । ब्रोडलिंक २८ हजार दुई सय १५ र वेबसर्फरका १४ हजार आठ सय १९ ग्राहक रहेका छन् । हामीले १० हजारभन्दा बढी ग्राहक रहेका फाइबर इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको इन्टरनेट मूल्यका हिसावले कसको सस्तो छ भनेर विश्लेषण गरेका छौँ ।
कसको सेवा लिने ?
टप आठ इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले घरेलु ग्राहकका लागि स्पीडका आधारमा आठ एमबीपीएसदेखि ८० एमबीपीएस गतिसम्मका विभिन्न इन्टरनेट प्याकेज अफर गरिरहेका छन् । जसमध्ये सबैभन्दा थोरै स्पीडका साथ नेपाल टेलिकमले सस्तोमा सेवा दिइरहेको छ । आठ एमबीपीएस गतिको फाइबर इन्टरनेटका लागि उसले मासिक आठ सय रुपैयाँमै उपलब्ध गराइरहेको छ ।
यदि तपाई उच्च गतिको सस्तो इन्टरनेट खोजिरहनुभएको छ भने वेबसर्फरको २२ एमबीपीएस गतिको इन्टरनेट मासिक एक हजार रुपैयाँमै पाउन सक्नुहुनेछ । यस्तै ब्रोडलिंकले पनि एक ११५० रुपैयाँमै २५ एमबीपीएस गतिको इन्टरनेट प्याकेज दिइरहेको छ । सस्तो मूल्यमा अझ धेरै स्पिडको इन्टरनेटको खोजिमा हुनुहुन्छ भने क्लासिक टेकको १४ सय रुपैयाँमा ४० एमबीपीएस तथा सुबिसुको ११५८ रुपैयाँको ३० एमबीपीएस इन्टरनेट तपाईंको रोजगाइको विषय बन्न सक्छ ।
यदि तपाई अझ धेरै स्पीडको इन्टरनेट खोजिरहनुभएको छ भने वेबसर्फरको मासिक १८९० रुपैयाँमा ८० एमबीपीएसको इन्टरनेटको विाषयमा पनि सोच्न सक्नुहुन्छ । नेपालमा हालसम्म इन्टरनेट सेवा प्रदायकले घरेलु ग्राहकका लागि उपलब्ध गराइरहेको इन्टरनेट गतिमा यो नै सबैभन्दा बढी हो ।
यद्यपी, त्रैमासिकदेखि वार्षिक प्याकेजको रुपमा इन्टरनेट जडान गर्न चाहनुहुन्छ भने तपाईंले थप सस्तोमा इन्टरनेट पाउन सक्नुहुनेछ । कुन सेवा प्रदायकको इन्टरनेट प्रयोग गर्ने निर्णयमा मूल्य एकमात्रै आधार होइन । त्यसमा सेवाको गुणस्तर र ग्राहक सेवाको विषय झन् महत्वपुर्ण रहन्छ ।
इन्टरनेट सेवा प्रदायकले विशुद्ध रुपमा इन्टरनेट प्याकेजमा मात्रै प्रतिस्प्रर्धा गर्नेभन्दा विभिन्न उपहार प्याकेजका आधारमा ग्राहकहरुलाई आफूतर्फ खिचिरहेका छन् । त्यस हिसावले डिजिटल टेलिभिजन सेवा, छूट तथा अफर, सेवाको गुणस्तर, समस्या आउँदाको मर्मतसम्भार आदि लगायतका सबै विषयको विचार गरी कसको इन्टरनेट जडान गर्ने भन्ने विषयको निर्णय लिनु मुद्धिमानी हुनेछ ।
यस्ता छन् सेवाप्रदायकका इन्टरनेट प्याकेज
नेपाल टेलिकम

मासिक
- ८ एमबीपीएसको ८०० रुपैयाँ
- १८ एमबीपीएसको १,६०० रुपैयाँ
- ३५ एमबीपीएसको २,००० रुपैयाँ
- ५५ एमबीपीएसको २,२०० रुपैयाँ
वर्ल्डलिंक

मासिक
- ३० एमबीपीएसको १,५५० रुपैयाँ
- ४० एमबीपीएसको १,८५० रुपैयाँ
- ६० एमबीपीएसको २,२०० रुपैयाँ
भायनेट

मासिक
- ३० एमबीपीएसको १,५५० रुपैयाँ
- ४० एमबीपीएसको १,८०० रुपैयाँ
- ६० एमबीपीएसको २,२०० रुपैयाँ
क्लासिक टेक

मासिक
- ३० एमबीपीएसको १,२०० रुपैयाँ
- ४० एमबीपीएसको १,३७५ रुपैयाँ
- ६० एमबीपीएसको १,७५० रुपैयाँ
सुबिसु इन्टरनेट

मासिक
- ३० एमबीपीएसको १,१५८ रुपैयाँ
- ४० एमबीपीएसको १,३५८ रुपैयाँ
- ७५ एमबीपीएसको २,०५८ रुपैयाँ
टेकमाइण्ड

वार्षिक
- १० एमबीपीएसको १३,५०० रुपैयाँ
- १५ एमबीपीएसको १५,८०० रुपैयाँ
- ३० एमबीपीएसको २०,६०० रुपैयाँ
ब्रोडलिंक

मासिक
- २५ एमबीपीएसको १,१५० रुपैयाँ
- ४५ एमबीपीएसको १,६०० रुपैयाँ
वेबसर्फर

- २२ एमबीपीएसको १,००० रुपैयाँ
- ८० एमबीपीएसको १,८९० रुपैयाँ
Discussion about this post