covid 19 काेराेना भाईरस का कारण मलेसियामा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन क्वलालम्पुर मलेशिया बाट ५ वटा चार्टर्ड उडान हुने भएका छन् ।
मलेशियाकाे क्वलालम्पुरस्थित नेपाली दूतावासका अनुसार यही २८ र ३० अगस्टमा क्वलाम्पुरबाट काठमाडौंका लागि ५ वटा उडान हुने तयारि भएका हुन् ।
दूतावासले पछिल्लाे पटक सार्वनाजिक गरेको तालिका अनुसार नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र विदेशी कम्पनी मलिन्दो एयरले उडान भर्नेछन् । तालिका अनुसार २८ अगष्टमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले एक/एक वटा उडान भर्नेछन् भने ३० अगष्टमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मलिन्दो एयरलाइन्सले एक/एक उडान गरि जम्मा ३ अाेटा उडान भर्नेछन् ।
यसअघि १९, २० र २१ अगष्टको िटकट लिइसकेका यात्रुहरुले ट्राभल्स एजेन्सीमा सम्पर्क गरी आफ्नो उडान सनिश्चित गर्न दूतावासले आग्रह समेत गरेको छ ।
यसरी स्वदेश फर्कने नेपालीले नेपाल आइपुग्ने दिनसम्म म्याद रहने गरि कोभिड–१९ को संक्रमण नभएको प्रमाणपत्र अाफ्नाे साथैमा राख्नुपर्नेछ । पहिले पीसीआर टेस्ट गरिसकेका र नेपाल आइपुग्ने दिनसम्ममा ७ दिनको अवधि काट्ने भएकाहरुलाई पुन: पीसीआर परीक्षण गराउन दूतावासले अनुरोध गरेको छ ।
त्यस्तै कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वेभसाइटमा राखिएको विदेशबाट नेपाल फर्किने व्यक्तिले भर्नुपर्ने फारम भरी त्यसबाट प्राप्त हुने फाराम प्रिन्ट गरेर आफ्नो साथमा राख्न समेत दूतावासले अनुरोध गरेको छ ।
Discussion about this post