अमिर माबो
पान्थर, याङ्वरक
जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान का अभियानता धुर्मुस सुन्तली फाउण्डेशनले दोस्रो चरणको लकडाउन तथा निषेधाज्ञामा पनि मजदुर हरु मा सुरक्षित सुरक्षा अपनाइ बहुउद्देश्यीय रंगशाला निमार्णको कार्य धमाधम गरिरहेको छ।कोरोना भाइरस संक्रमणको जोखिम भएपछि गएको चैत ९ गतेबाट निर्माण कार्य रोकेको थियो । बैशाख २० गते बाट पुनः सुरु गरिएको निर्माण कार्य आज सम्म रोकिएको छैन।
सम्पूर्ण कामदार हरु लाई क्वारेन्टिनमा राखेको र कामदार हरूको नियमित स्वास्थ्य परिक्षण गरि काम मा लगाइएको छ ।कामदार हरूलाई बाहिर जान र बाहिर को मान्छे संग भेटघाट गर्न रोक लगाइएको छ।
अहिले पिलर उठाउने काम सुरु भएसँगै रंगशालामा प्याराफिट निर्माणको बेस र पिलरको काम भैरहेको छ ।गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मा तीस हजार दर्शक अट्न सक्ने क्षमताको हुने छ।एक लाइनमा पाँचवटा पिलर रहेको छ। जम्मा १४० पिलर खडा गरिएको छ । प्याराफिटको पहिलो स्टेप डिपिसीको लेभलबाट १ मिटर २० सेन्टिमिटरको उचाइ रहनेछ भने अन्तिम पाँचौ पिलर २१ मिटर उचाइको हुने छ।
फाउण्डेशन का अध्यक्ष सिताराम कट्टेल (धुर्मस) आफैँ दिनरात मजदुर हरु संगै खटिरहेका छन् । धुर्मुस मजदुर हरु संगै हातमा हात मिलाउदै दिन रात रंगशाला निर्माण मा खटिएका छन् । घाम पानी केही नभनी मजदुर लाई हौसला दिन र भनेकै समय मा निर्माण कार्य सक्ने अठोट का साथ लागी परेका छन्।
जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला को कुल लागत २ अर्ब ६० करोड को हाराहारी रहेको छ।तपाई पनि यस अभियानमा जोडिन चाहानुहुन्छ भने ०१४४८२९७१, मा सम्पर्क गर्नुहोला ।
´राष्ट्र निर्माण, तपाई हाम्रो अभियान`
केही तस्बिर हरु
Discussion about this post