अमिर माबो
पान्थर, याङ्वरक
प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री माननिय इन्द्र बहादुर आङ्बो (मौसम ) ज्यु ले लिम्बु समुदाय को साँस्कृतिक अतिक्रमण विरुद्ध मा भएको पु:न क्रान्ति अभियान लाई स्वागत गरेका छन् साथै सदैब सहयोग रहने भनी सामाजिक संजाल मा लेख्नुभएको छ।
लिम्बु जातिको धर्म , संस्कृती,इतिहास र मुन्धुमसँग जोडिएको ऐतिहासिक स्थल र सम्पदाहरुको संरक्षण तथा विभिन्न स्थल एवम् सम्पदाहरुको पहिचान माथी भइरहेको अतिक्रमण रोक्न किरात याक्थुङ चुम्लुङ लाई आग्रह गर्नुभएको छ।
बिज्ञहरु को कार्यदल बनाइ अन्य स्थलहरु को पनि खोज ,अनुसन्धान र अन्वेषण गरि आधिकारिक निकायमा दस्ताबेजिकरण, संरक्षण र बिकाशको निम्ति गुरुयोजनामा समाबेश होस् भनी भनेका छन् ।
मन्त्री आङ्बो ज्यु ले सामाजिक संजाल फेसबुक मा लेख्नुहुन्छ
Discussion about this post