पान्थर, याङ्वरक
रामेछापको दुर्गम गाउँ बेथान मा जन्मिएका नेपाल विद्युत प्राधिकरण का CEO कुलमान घिसिङ को प्राथमिक शिक्षा गाउँमै वित्यो। ५ कक्षा पास गरेपछि उनी दाइहरुसँग काठमाडौँ आएपछि बालसेवा माध्यमिक विद्यालयमा र पछि अमरआस बोर्डिङ स्कुलमा पढे। अस्कल क्याम्पसबाट आईएस्सी गरेपछि उनी छात्रवृत्तिमा भारतमा जम्सेदपुरबाट सन् १९९४ मा विद्युतीय इन्जिनियरिङ गरे। पुल्चोक क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका उनले पोखरा विश्वविद्यालयबाट इएमबीए पनि गरेका छन्।
सन् १९९४ मा इन्जिनियरिङ् सकेपछि करिव ०५१ तिर उनी स्वदेश फर्केर नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियर भए । प्राधिकरणमा काम गर्दागर्दै कुलमानले रसुवाको चिलिमे जल विद्युत परियोजनाको जिम्मेवारी पाए । चिलिमे हाइड्रो पावरको प्रबन्ध निर्देशक हुँदा चिलिमेकै आम्दानीबाट तीन वटा अन्य आयोजनाहरूको निर्माण सुरु गरेका थिए।पछि कुलमान आयोजनाबाट हटाइएर प्राधिकरणको केन्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएनन् ।
११औ तहका कर्मचारी रहेका घिसिङ सन् २०१६ सेप्टेम्बरमा नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भए।घिसिङ नेपाल विद्युत प्राधीकरणको प्रवन्ध निर्देशक पदमा सेप्टेम्बरमा नियुक्त भए भने नियुक्त भएको दोस्रो महिना अर्थात् अक्टोबर-३० (२०७३ कात्तिक १४- लक्ष्मी पूजा) मा काठमाडौँबाट लोडसेडिङ्ग मुक्त गर्ने कार्य परीक्षणको रुपमा शुरु गरे । सो परीक्षण सफल भएको अाधरमा २०७३ चैत्र १ देखि देशव्यापी रुपमा लोडसेडिङ्ग अन्त्य गर्न उनी सफल भए ।
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ।
चार वर्ष अगाडिसम्म संचित घाटा रु. ३४ अर्ब ६१ करोड र वार्षिक घाटा रु. ८ अर्ब ८९ करोड व्यहोरेको प्राधिकरणले त्यसयता निरन्तर नाफा गर्दै हाल रु. ४ अर्ब ८७ करोड सञ्चित नाफा र गत वर्ष मात्र रु. ११ अर्ब ५ करोड खुद नाफा कमाउन सफल भएको छ । कुनै वेला कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नु पर्ने अवस्थामा पुगेको प्राधिकरण अहिले संचालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरवपूर्ण इतिहास बनाउदै आफै पनि पूर्वाधारमा लगानी गर्न सक्ने संस्थाको रुपमा स्थापित भएको छ ।
चार वर्ष अगाडि प्रतिव्यक्ति वार्षिक विद्युत् खपत १३१ युनिट रहेकोमा त्यसयता विद्युत् खपत निरन्तर बढेर हाल प्रति व्यक्ति विद्युत खपत २६० युनिट पुगेको छ ।
प्राधिकरणले ईतिहासमा पहिलोपटक आफ्नो मुनाफालाई कायम राख्दै उपभोक्ताको महशुल घटाउन सफल भएको छ । १० युनिटसम्म खपत गर्ने ग्राहस्थ उपभोक्तालाई ईनर्जी शुल्क निशुल्क गरेको र न्युनतम शुल्क रु. ३० मात्र तिर्नु पर्ने व्यवस्था गरेकोछ । समग्रमा ग्राहस्थ उपभोक्ताको महशुल करिव ८—९ प्रतिशतले घटेको छ । औद्योगिक, व्यापारिक, गैरव्यापारिक उपभोक्ताहरुलाई लगाउंदै आएकोे डेडिकेटेड र ट्रंक लाईनको महंगो महशुल समेत हटाएको छ भने सामुदायिक खानेपानी, सिंचाई तथा विद्युतीय सवारी चार्जिङ स्टेसनको महशुल घटाएको छ । यसबाट विद्युत माग बढ्ने अपेक्षा गरिएको छ ।
माथिल्लो तामाकोशीको काम अन्तिम चरणमा पुगेको छ । मंसिरभित्रै पहिलो युनिट संचालनमा ल्याउने गरी कार्य भैरहेको छ । यो बीचमा रसुवागडी १११ मेगावाट, मध्यभोटेकोशी १०२ मेगावाट र सान्जेन ६० मेगावाटका जलविद्युत आयोजनाहरु चालु आर्थिक वर्षको अन्त्यसम्ममा संचालनमा ल्याउने गरी काम भैरहेको छ । राहुघाट जलविद्युत आयोजना ४० मेगावाट, तनहुँ जलाशययुक्त जलविद्युत आयोजना १४० मेगावाट, अप्पर त्रिशुली ३ बी जलविद्युत आयोजना ३७ मेगावाटको निर्माण चालु रहेको छ ।
त्यस्तै तामोकोशी ५ (९९ मेगावाट) र दुधकोशी जलाशययुक्त आयोजना (६३५ मेगावाट) को विस्तृत डिजाईन सम्पन्न गरी वित्तिय व्यवस्थापन सम्पन्न गर्ने चरणमा रहेको छ । माथिल्लो अरुण (१०६० मेगावाट) को सम्भाव्यता अध्ययन पुरा हुने चरणमा रहेको छ । मोदी (६० मेगावाट) र चैनपुर सेती जलविद्युत आयोजना (२१० मेगावाट) को विस्तृत संभाव्यता अध्ययन सम्पन्न भैसकेको छ । उत्तरगंगा जलाशययुक्त आयोजनाको विस्तृत डिजाईन कार्यको लागि परार्र्शदाता छनौट कार्य भैरहेको छ ।
विद्युत उत्पादन तथा आपुर्तिमा नेपाल आत्मनिर्भर बन्ने र दिर्घकालिन लक्ष्य प्राप्त गर्ने दिशातर्फ नेपाललाई अगाडि बढाउने घिसिङ को भाबी योजना रहेको छ।
नेपाल विद्युत प्राधिकरण का CEO कुलमान घिसिङ को यहि भदौ २९ गते कार्यकाल सकिदै छ।को बन्छ अबको CEO ?
Discussion about this post