पान्थर, याङ्वरक
wednesday,26August
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश नम्बर एक मा बुधबार १०८ जनामा कोरोना संक्रमण देखिएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश नम्बर एक मा बुधबार संक्रमित हुनेहरु मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रहथुममा ८, पान्थरमा ४, उदयपुर र खोटाङमा समान १ र प्रदेश १ बाहिरका ६ जना रहेको रहेका छन् ।
विराटनगर महानगरपालिकामा ४३, बुढीगंगा गाँउपालिकामा ३ महिला १ पुरुष, सुन्दरहरैचा नगरपालिकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५ महिला ९ पुरुष, इनरुवामा १ महिला ३ पुरुष, बर्जुमा १ महिला २ पुरुष, दुहवीमा २ पुरुष , धरानमा १ महिलामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी, झापाको दमकमा ६ महिला ९ पुरुष, र गौरीगञ्जकी १ महिलामा संक्रमण देखिएको छ। पहाडी जिल्ला तेह्रहथुमको म्याङलुङमा ४ महिला ४ पुरुष, पान्थर फेदेनमा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।
प्रदेश नम्बर एक मा कोरोना संक्रमित संख्या आजसम्म २,९४० पुगेको छ। यस्तै ८१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
Discussion about this post