पान्थर, याङ्वर
आदिवासी , दलित , शिल्पी , खस , मधेसी हरु मा राज्य बाट भएको जातीय विभेद लाई सधै उठान गर्नुहुने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन (मिराक ) ज्यु ले राष्ट्रिय जनावर र झण्डा परिवर्तन गर्नुपर्छ भनी नागरिक online Tv मा अन्तरबार्ता दिएका छन् ।
राष्ट्रिय जनावर एक सिङ्गे गैंडा राख्नुपर्छ भन्दै आएका अध्यक्ष लिङ्देन ले झण्डा जलाउने गोल्जेन दोर्जी को बारेमा र थारु समुदाय ले थारुहट प्रान्त सुनिश्चित गरियोस् भनी शान्तिपुर्ण आन्दोलन गरेको बेला दु:खद घटना घट्यो जुन घटना को अभियोग लागेका माननीय सांसद रेशम चौधरी को बारेमा पनि बोलेका छन् ।
देशको सहअस्तित्व को लागी वृहत छलफल हुनुपर्ने र १०+१ माग लाई स्वीकार गरे झण्डा र गाई नि स्वीकार गर्न सकिन्छ भनी भनेका छन् ।
प्रान्त सुनिश्चित गर्न माग राख्ने पार्टी को मुख्य नेतृत्वहरु ले खुट्टा कमाए क्रान्ति अधुरो हुने भनी बारम्बार भन्दै आएका छन् अध्यक्ष लिङ्देन ले। मुख्य नेतृत्व गर्ने हरु अब सहिद बन्न समेत आट गर्नुपर्छ भनी अध्यक्ष लिङ्देन ले सामाजिक संजाल फेसबुक मा लेख्नुभएको छ।
भिडियो
Discussion about this post