पान्थर, याङ्वरक
झापाको कामाटोली मा सशस्त्र प्रहरीले चलाएको गोली लागी ३८ बर्षिय रमिकुल आलम को मृत्यु भएको छ । आत्मरक्षाका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागी कामाटोलीका रमिकुल आलमको मृत्यु भएको छ
गोरु काटेको खबर पाएपछि प्रहरी ले रोक्न खोज्दा स्थानीय ले बिरोध गरेका थिए। प्रहरी टोलीले थप मद्दत मागेपछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो ।सशस्त्र ले चलाएको गोली लागी गम्भीर घाइते भएका ३८ वर्षीय आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ ७ बजेतिर मृत्यु भएको हो।
गोरु काटेको अभियोग मा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेर सदरमुकाम लान खोजेपछि स्थानीयबासी ले बिरोध गरिएको थियो।
प्रहरीको गोली लागि आलमको मृत्यु भएपछि सो क्षेत्रमाबस्थानीयबासीले टायर बालेर बिरोध गरिरहेका छन्।
Discussion about this post