पान्थर, याङ्वरक
अमिर माबो
हिमाल पहाड तराई भएको सुन्दर नेपाल मा विभिन्न जातजाति मानिसको बसोबास छ।सबैको आआफ्नो सस्कृती , भाषा , धर्म , भेषभुसा , परम्परा , रितिरिवाज रहेको छ। नेपालको पुर्वमा बसोबास गर्ने लिम्बु जातीको पनि आफ्नै भाषा , धर्म , भेषभुसा , परम्परा , रितिरिवाज , गीत संगीत छ।
लिम्बु जातीको पनि आफ्नै भाषाको विभिन्न लयमा आफ्नै भाकाको गीत संगीतहरु छन् भने अन्य समुदायको पनि आआफ्नै छ।लिम्बु समुदाय को युवा पुस्तामा हराउदै गरेको लिम्बु गीत संगित लाई पछिल्लो समय युवा पुस्तामा साथै गैर लिम्बु समुदाय को दर्शक श्रोता मा लिम्बु भाकाको गीत संगीत बुझ्न र सुन्न थालेको अनुभव भएको छ। लिम्बु गीत संगीत को दर्शक श्रोता बढेको अनुभव गर्न सकिन्छ।
यसै क्रममा मुन्धुमी गायक / नेपाली भाषामा / लिम्बु भाषामा दर्जनौं गीत गाएका गायक ब्रबिन शेर्मा ले ( कोक्मा फाङ्जङ) लिम्बु भाषामा आधारित लिम्बु गीतको म्युजिक भिडियो ओरिजीन नेपाल युट्यूव च्यानलबाट बजारमा लिएर आएका छन्।
पछिल्लो समय यस गीत ले टिकटक मा निकै चर्चा पाएको थियो।
यस गीतमा गायक ब्रबिन शेर्मा र गायिका सृजना जबेगु को आवाज रहेको छ।
गायक ब्रबीम सेर्मा र डिल्ली बिक्रम शेर्मा को शब्द /संगीत रहेको छ।टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको छ भने गीत मिक्सिङ तथा मास्टरीङ मुस्कान मुकारुङले गरेका छन्।गायक ब्रबीम सेर्मा , मोडल चन्दा लिम्बू , सानाया सेर्मा, सुमन तामाङ र नुनाम केरुङको अभिनय रहेको छ।
यस गीतलाइ पछिल्लो समय पुर्व बाट धेरै राम्रो राम्रो नेपाली म्युजिक भिडियोहरु लिम्बु भाषाका म्युजिक भिडियो हरु दर्शक श्रोता माझ ल्याएर सक्षम निर्देशक को रुपमा चिनिएका भुपेन्द्र तुम्बाहाङ्फे ले निर्देशन गरेका छन् भने छायांकन पनि तुम्बाहाङ्फे आफैले गरेका छन्
प्रमण आङदेम्बेको निर्माणमा रहेको ” कोक्मा फाङ्जङ ” लिम्बु गीतको शुटिङ पान्थरको चोकमागु, लोब्रेकुटी आसपासमा छायाङन गरिएको छ भने भिडियोमा दिदी बहिनीको प्रेम र प्रेमी प्रेमिका बिचको माया देखाइएको छ।
भिडीयो
Discussion about this post