पान्थर, याङ्वरक
अमिर माबो
नेपाली गीत संगीतहरु विभिन्न बिधामा रहेको छ ।जसमा र्याप गीत नि पर्दछ र पछिल्लो समय र्याप गीत ले धेरै दर्शक श्रोतालाई तानेको अनुभव गर्न सकिन्छ। युवा पुस्ताका श्रोताहरु लाई मध्यनजर गरि प्राय र्याप गीतहरु बजारमा आएको छन्।
पछिल्लो समयमा र्याप गीतहरु छाडा शब्द प्रयोग गरि नि बनाएको देखिन्छन् भने कतिपय र्याप गीतहरु माया प्रेम , मिलन बिछोड, समसामयिक घटनामा आधारित, सामाजिक बिषयबस्तुमा, प्रदेशीको पीडामा, राष्ट्रियता क्रमशः इत्यादीमा बनेको देखिन्छ।
पछिल्लो समय र्याप गीतको म्युजिक भिडियोहरु ले समसामयिक बिषयबस्तु हरु देखाउदै आएको छन् । यहीँ क्रममा र्यापर Alex Lama ले पारिवारिक समस्या मा भएको पीडा अनि सहरमा पाएको अपहेला र विदेश को दु;ख लाई समेटिएको (मेरो कथा ) नामक म्युजिक भिडियो Alex official युटुब च्यानल बाट बजारमा ल्याएका छन् ।
यस (मेरो कथा) र्याप गीतमा र्याप Alex Lama को छ भने गायक Nogen Limbu Hangsarumba ले पनि साथ दिएका छन् । शब्द/रचना Lama कै रहेको छ। Namhang chonghang Limbu को मुख्य अभिनय रहेको छ भने भिडियोमा Sagar Kerung , Sujana Saru Magar , Rajan Rasailee , Rahul Pariyar , Lunghang Limbu र Mani Maden हरु को पनि अभिनय रहेको छ। यस गीतलाई Veeshal Rasailee निर्देशन ले गरेका छन् भने सम्पादन Sanjay Acharya ले गरेका छन्।
पान्थर मा पहिलो पल्ट र्याप गीतको छायांकन गरिएको भनेर भनिएको छ।
भिडियो
Discussion about this post