पान्थर, याङ्वरक
संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङ्देन ले झापा गाउपालिका -३ का रफिकुल आलम लाई गोलि हान्ने झापा जिल्ला सिडीओ र डीएसपीलाई अबिलम्ब पदमुक्त गरि हत्यारालाइ जन्मकैद सजाय को माग गरेएका छन्।
यहि भदौ १० गते झापा जिल्ला झापा गाउँपालिका -३ का ३८ बर्षिय रफिकुल आलम लाई गोरु काटेको अभियोगमा गोलि हानेको थियो र उपचार को क्रममा मृत्यु भएको थियो।
संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको विज्ञप्ति
प्रेस –विज्ञप्ति मिति -२०७७ /०५ / १३
गोरु काटेको अभियोगमा झापा जिल्ला झापा गाउपालिका -३ का ३८ बर्षीय रफिकुल आलम को झापा जिल्ला प्रसासनले गोलि हानि हत्या गरेको घटनाको घोर बिरोध र भर्त्सना गर्दछौ |झापा जिल्ला सि डी ओ र डी एस पी लाइ अबिलम्ब पदमुक्त गरि हत्यारालाइ जन्मकैद दिइयोस भनि जोडदार माग गर्दछौ |
यहि भदौ १० गते झापा जिल्ला झापा गाउपालिका -३ का ३८ बर्षीय रफिकुल आलमलाइ गोरु काटेको अभियोगमा झापा जिल्ला प्रसासनले गोलि हानि हत्या गरेको छ | ०६२ /६३ को जनआन्दोलनले नेपालमा संघीयता ,गणतन्त्र ,लोकतन्त्र र धर्मनिरपेक्षता स्थापना गरेको छ | धर्मनिरपेक्षता ,गणतन्त्र आइसकेपछी पनि जीवजनावर काटेको अभियोगमा ५ हजार भन्दा बढी नेपालीहरु जेलमा कोचिनु पर्ने ,अझ झापामा त दिनदहाडै प्रसासनको गोलि द्वारा हत्या नै हुनुपर्ने यो कस्तो देश हो ? यो कस्तो राज्य हो ? राणा ढलाइयो ,पन्च ,राजा ,संबैधानिक राजाबादी कांग्रेस /एमाले ढलाइयो र गणतान्त्रिक युगमा नेपाललाइ प्रवेस गराइएको अवस्था छ | देशमा यतिधेरै परिवर्तन भैसक्दा पनि नेपाली जनतालाई भाषा ,धर्म ,नश्लको आधारमा विभेद गर्ने र देशलाई सधै अध्यारोमा धकेल्न चाहने तत्व वा ‘’ बाद ‘’ कुन हो भनेर सम्पूर्ण नेपालीहरुले गम्भीर भएर सोच्नु पर्ने दिन आएको छ | हरेक नेपाली क्रान्तिहरूले पनि त्यसको जरो उखेल्न नसकेको ,हरेक क्रान्तिहरुको फाइदा लुटने र नेपाली जनताहरुलाई धर्म र भाषाको आधारमा विभेद गरेर आफु सधै मोज गर्ने त्यो ‘’ बाद ‘’ के हो त्यसको पहिचानगरी त्यो ‘’ बाद ‘’ लाइ सधै सधैको लागि नेपाली राजनीतिबाट अन्त्य गर्न तेस्रो जनआन्दोलन सफल पार्नको लागि सम्पूर्ण आदिबासी ,दलित शिल्पी ,मधेशी ,खस ,मुश्लिम समुदायहरु संयुक्त भएर अघि बढ्नु पर्ने अवस्था आएको छ |
जब संबिधानमा धर्मनिरपेक्षता भनेर स्पस्ट भैसके पछी त्यो संग बाझिने ऐन ,कानुनहरु स्वत : खारेज हुनुपर्दछ | संबिधान भन्दा ऐन ठुलो कहिले हुन् सक्दैन किनकि संबिधान देशको मूल कानुन हो | जबर्जस्ति लादिएको ०७२ को संबिधानमा गाईलाई रास्ट्रिय जनवार भनेका छन् तर गोरुको बारेमा मौन छन् | जबकी नेपाली समाजमा गोरुलाई जोतिन्छ ,गोरुको बारेमा संबिधानमा कहिँ उल्लेख छैन तर त्यहि गोरु मारेको अभियोगमा हजारौ जेलमा छन् ,गोलीको शिकार भएका छन् | अर्को तिर दशैँ ,तिहार जस्तो सत्ताधारीको चाडपर्ब मा देशको सुरक्षा निकाय र सबै प्रसासन कार्यालयहरुमा राज्यको लगानीमा सयौ खसी ,बोका ,रागा काटेर सरकारी हाकिमहरु ‘’ असुरहरुको रगत’’ भन्दै रगतले लतपतिन्छन | यो अन्याय र यो विभेद नेपाली जनताले नजिकबाट नियालिरहेका छन् ,यो विभेदको बिरुद्दमा देशको बहुसंख्यक जनताको धैर्यताको बाध टुटेको दिन यो राज्यले थाम्ने अवस्था हुदैन त्यसैले समय छदै शाशकहरुको बुद्दीको बिर्को खोलियोस | झापा जिल्ला सिडिओ ,डी एस पी लाइ अबिलम्ब पदमुक्त गरि गोलि चलाउने हत्यारालाइ जन्मकैद दिइयोस भनि यस मंच जोडदार माग गर्दछ | जय १० +१ प्रान्त |
कुमार लिङदेन मिराक ,अध्यक्ष
Discussion about this post