पान्थर, याङ्वरक
आर्थिक वर्ष २०७५/७६ मा पान्थर फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षा लागू गरेको थियो । पहिलो चरणमा १ तामाङ र ८ लिम्बुलाई मातृभाषा शिक्षकमा नियुक्ति गरिएको थियो भने दोस्रो चरणमा ८ वटा विद्यालयमा मातृभाषा शिक्षकको परिक्षा भएपछि नेपाल कम्युनिष्ट पार्टी फाल्गुनन्द गाउँपालिकाका – ४ का सचिव इन्द्रकुमार नेम्वाङले मातृभाषा शिक्षक नियुक्ती प्रक्रियाविरुद्ध २०७६ कात्तिक ७ गते उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए।
नेम्बाङले रिट दायर गरेपछि बाँकी सबै प्रक्रिया रोकिएको थियो। नेम्वाङ ले रिट दायर गरेपछि विभिन्न आदिवासी संघ संस्थाका प्रतिनिधिहरु ले मातृभाषा शिक्षा सञ्चालन मा रोक लगाएको भनी विरोध गरेका थिए।
विराटनगर अदालतले २०७७ साल भदौ १४ गते आइतबार नेम्बाङ ले लगाएको रिट खारेज गरिदिएको छ।गाउँपालिकाले मातृभाषा शिक्षा सञ्चालन गरिएको भनी शिक्षक नियुक्ती विरुद्ध हालिएको रिट लाई उच्च अदालत विराटनगरले खारेज गरिदिएपछि मात्रृभाषा शिक्षाले निरन्तरता पाउने भएको छ।
Discussion about this post