विक्रम संवत् २०२७ सालमा बुबा स्व.बुद्धिरथ योङहाङ र अामा स्व.मनरानी बेघा योङहाङ को कोखमा ४ भाइ मध्ये कान्छा छोराको रुपमा जन्म लिनुभएका भिमप्रसाद योङहाङ को साहित्यीक नाम यासेली योङ्हाङ हो।पान्थर याङवरक ६ साबिक नागी ९ चित्तोकमा जन्म भए पनि झापा,मोरङ, सुनसरी हुँदै हाल काठमाडौंमा रहेर लिम्बु तथा खष नेपाली भाषाको साहित्यीक क्षेत्रमा योङ्हाङको नाम चर्चामा रहने गर्दछ।
बहुअायामीक ब्याक्तित्व यासेली योङ्हाङ बिधा साहित्य भए पनि रंगमञ्च र चलचित्र जगतमा योङ्हाङ को छुट्टै पहिचान छ। रेडियो नाटक,टेलिचलचित्र,म्युजिक भिडियो लेखन,निर्देशन र अभिनयमा मा पनि छुट्टै पहिचान छ। विशेष गरि यासेली योङ्हाङ को योगदान लिम्बु भाषा संस्कृति प्रति धेरै देखिन्छ। योङ्हाङले लिम्बु भाषाको तान्छोप्पा पत्रिका र चुम्लुङ स्मारिकामा सम्पादकको काम समेत गरिसक्नु भएको छ। किरात याक्थुङ चुम्लुङ गाउँ कमिटी देखि जिल्ला हुँदै अहिले केन्द्रीय सचिव रहि अहिले २७ बर्ष सम्म निरन्तर कार्यरत रहि अाएका योङ्हाङले डा.स्वामी प्रपन्नाचार्यको लेख एवम धारणा माथी समिक्षात्मक समालोचना-२०५२,लिम्बू नेपाली नाटक संग्रह(अम्लारी फुङ),यासेली योङहाङका लिम्बु गीतहरु गरि ३ अोटा पुस्तक पनि लेख्नु भएको छ,साथै ५०० भन्दा धेरै लिम्बु गीत रचना, ८ दर्जन लिम्बु/नेपाल रेडियो तथा स्टेज नाटक अनि १४ दर्जन भन्दा बढी लिम्बु तथा खष नेपाली भाषामा कबिता समेत लेख्नु भएको छ।
योङ्हाङले तीन दशक भन्दा धेरै देखि याक्थुङ मुन्धुम खोज अनुसन्धान र अन्वेषण गरि पाण्डुलिपि समेत तयार गर्नु भएको छ। उनको विभिन्न पत्रपत्रिका तथा स्मारिका र जर्नल हरुमा दर्जनौं लेख रचना हरु प्रकाशित भएका छन्।
शहिदकी अामा, कोप्चे डाँडा, नुमाफुङ, ब्लकलिभ, चेसुङ, क्येबाकोक्मा, घरजम, पायल जस्ता चलचित्र हरु र दलन, सिंहदरबार जस्ता टेलीचलचित्र हरुमा अभिनय पनि गर्नु भएको छ भने दुई दर्जन भन्दा बढी लिम्बु तथा खष नेपाली भाषाका म्युजिक भिडियो हरुमा लेखन,निर्देशन र अभिनय गर्नु भएको छ।
कार्यक्रम सञ्चालन तथा क्यारिकेचरमा समेत पोख्त यासेली योङहाङ रंगमञ्च तथा कार्यक्रम प्रस्तुतिको लागी भारत, हङकङ, अस्ट्रिया, अस्ट्रेलिया, ईजरायल, ईटाली, कतार, चिन, जर्मनी, डेनमार्क, थाईल्याण्ड, दुबाई, नेदर्ल्याण्ड, फ्रान्स, बङ्गलादेश, भुटान, बेल्जियम, मलेसिया, रुस, लक्जेम्बर्ग, सिङ्गापुर, हल्याण्ड जस्ता मुलुक हरुमा भ्रमण गर्नु भएको यासेली योङहाङ ले चुम्लुङ सम्मान,फक्ताङलुङ सम्मान,पान्थरे श्रष्ठा सम्मान,लगायत सयौं कदर तथा प्रसंशा साथै पुरस्कारले सम्मानित हुनु भएको छ।
लिम्बु संस्कृति र साहित्यका धरोहर याक्थुङ मुन्धुमका खोजकर्ता योङ्हाङ अहिले मृगौला तथा मुटु रोगले थल्लिनु भएको छ तर पनि उहाँ सकृयताका साथ लिम्बु तथा नेपाली कला साहित्यका लागी लागी पर्नु भएको छ।
याङवरक फोकस परिवार को तर्फबाट सिघ्र स्वास्थलाभ को कामना गर्दछौं।
Discussion about this post