भाद्र १६, याङ्वरकफोकस
पाँचथर पावर कम्पनी लिमिटेड सुधार भए संगै नाफामा गएको छ। कम्पनीले ८ करोड ४० लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष पाँचथर पावर कम्पनी १२ करोड ६ लाख ४७ हजार रुपैयाँ घाटामा थियो।
१३२ केभीको काबेली विद्युत प्रसारण गरिएको ले विद्युत बिक्रीबाट आम्दानी बढेसंगै कम्पनी नाफामा गएको हो। कम्पनीको विद्युत् बिक्रीबाट आम्दानी १४ करोड ९३ लाख ७७ हजार रुपैयाँले बढेर ३९ करेड ९२ लाख ९६ हजार रुपैयाँ मा पुगेको छ ।
कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ । गत चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा रकम १३ करोड ९७ लाख ३ हजार रुपैयाँँ ऋणात्मक रहेको थियो।
कम्पनीको कुल सम्पत्ति रू. २ अर्ब ४८ करोड ९४ लाख ५५ हजार रहेको छ। कुल दायित्व रू. १ अर्ब ६६ करोड ६६ लाख ५८ हजार रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७३ पैसा र प्रतिशेयर नेटवर्थ ८५ रुपैयाँ ४९ पैसा रहेको छ।
Discussion about this post