पाँन्थर – जिल्ला कारागार पाँन्थरमा रहेका एकजना थुनुवा मा कोरोना संक्रमण पुष्टि भएको छ । बहु बिबाह मुद्धामा पक्राउ परी जिल्ला प्रहरी कार्यालय पाँन्थरकाे हिरासतबाट केहिदिन अघि कारागार पठाइएका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय पान्थरकाे हिरासतमै रहेका बखत उनकाे स्वाब संकलनका लागि पठाइएका ती थुनुवालाई कारागार पठाइएता पनि रिपोर्ट नआइन्जेलसम्म अलग्गै राखिएको थियो । हिरासतमा राखिएकाे भएता पनि कसैसँग सम्पर्क नभए पनि संक्रमण देखिएको बताइएको छ ।
यद्यपी बिराटनगरबाट केही दिन अघि जिल्ला प्रहरी कार्यलय पान्थरमा सरुवा भएर आएका १ सहित ४ जना प्रहरीमा कोरोना संक्रमण भेटिएकाले प्रहरीकै संम्पर्कबाट उनमा संक्रमण भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँन्थरका प्रमूख –(डिएसपी ) सिद्धराज न्यौपानेले बताएका छन ।
विभिन्न निकायमा कार्यरत कर्मचारी,सुरक्षाकर्मी र सर्वसाधारणकाे केहिदिन अघि जिल्लाबाट स्वाब संकलन गरेर पठाइएका १ सय ६८ जना मध्ये १ सय ६७ जनाको भने रिपोर्ट निगेटिभ आएको छ ।
संक्रमित थुनुवालाई फेदेन स्थित शिक्षा स्रोत केन्द्रको भवनमा रहेकाे कोभिड उपचार केन्द्रमा राखेर उपचार तथा निगरानी शुरु गरिएको स्वास्थ कार्यालय पाँचथरका प्रमुख नारदमणी सुवेदीले बताएका छन । यसअघि १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ५ जना उपचार पछि निको भएर घर फर्केका छन भने अझै सक्रिय संक्रमितको संख्या ०९ पुगेको छ ।
Discussion about this post