भाद्र १७, याङ्वरकफोकस
पान्थर तुम्बेवा गाउँपालिका-४ ओलने का एक युवकलाई मंगलबार नगरकोट को बोजेनी पोखरीमा मृत अवस्था मा भेटिएको छ।
तुम्बेवा गाउँपालिका-४ ओलने निवासी बिरेन्द्र साँवाका २५ बर्षिय छोरा योगेन्द्र साँवाको लास पोखरी को लेदोमा गाडिएको अवस्थामा भेटिएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुर को अनुसार सोमबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हुन सक्ने भनी बताइएको छ। सोमबार बेपत्ता भएको योगेन्द्र लाई भारी बर्षाको कारण उद्वार हुन नसकेको र मंगलबार सुरक्षाकर्मीको उद्धार टोलीले पोखरीको लेदोमा गाडिएको अवस्थामा साँवाको लासलाई उद्वार गरेको छ।
साँवाको लासलाई कानुनी प्रक्रिया पूरा गर्न पोस्टमार्टम को लागी काठमाडौं मेकिडल कलेज शिक्षण अस्पताल पठाएको छ।
Discussion about this post