भाद्र १७, याङ्वरकफोकस
पान्थर याङ्वरक गाउँपालिका-४ निवासी मुक्त बहादुर दर्जीको छोरा भिम कुमार दर्जी मलेसियामा काम गरिराखेको बेला अचानक मुटु दुखेपछी हस्पिटल गएर जचाउदा डाक्टरको अनुसार मुटुमा रगत जमेको र तुरुन्तै अप्रेसन गर्नुपर्ने भएको छ।
डाक्टरको भनाइ अनुसार तत्काल अप्रेसन गर्नुपर्ने र नेपाल फर्कनु पर्ने सल्लाह दिएको छ दर्जीलाई। तर आर्थिक अवस्था नाजुक भएको कारण दर्जिले मलेसियामा रहेका विभिन्न संघ/सस्थाहरु लाई र व्यक्तिहरु मा सहयोग को अपिल गरेका छन्।
दर्जी वैदेशिक रोजगारीको शिलसिला मा मलेसिया ४ बर्ष अगाडि गएका थिए।नेपालको मेनपावर ले भने बमोजिम काम, तलब , सुविधा नभएपछी बाध्य भएर इलिगल हुनुपरेको भनि दर्जीले बताएका छन् ।
सहयोग को लागी बिरामी भिम कुमार दर्जीको फोन नम्बर 01169855354
Discussion about this post