भाद्र १७, याङ्वरकफोकस
अख्तियार दुरूपयोग अनुसन्धान आयोग ले गोरखापत्रमा बुधबार सूचना प्रकाशित गर्दै विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिइएको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गोकुल बास्कोटा ले ७० करोड कमिसन मोलमोलाई गरेको भनी चर्चा भएको अडियो को विषयमा अनुसन्धानका लागी अख्तियारले मिश्रलाई बोलाएको छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मोलमोलाई को अडियो सार्वजनिक भए लगत्तै तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजिनामा दिएका थिए।
सूचना प्रकाशित गरेको सात दिन भित्रमा उपस्थित नभए कानुन बमोजिम हुने भनी गोरखापत्र मा अख्तियारले सुचना जारी गरिएको छ।
Discussion about this post