भाद्र १८, याङ्वरकफोकस
नेकपा का वरिष्ठ नेता झलनाथ खनालको नाममा रहेको ‘ झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठान’ ले सर्प पालन साथै “एन्टी स्नेक भेनम” औषधि उत्पादन परियोजनाका लागी संघीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिका बाट ७२ करोड अनुदान पाएको छ।
सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ औषधि सर्पकै विषबाट बनाइन्छ र यो सर्पले टोकेको बिरामीलाई उपचार गर्न प्रयोग गरिने औषधि हो। अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन।आजसम्म सर्पले टोकेको उपचार गर्न भारत सँग निर्भर हुनु परेको छ।
सर्लाहीको लालबन्दी नगरपालिका-१ मा साढे आठ बिघा जग्गा किनेर त्यहाँ विषालु सर्प पाल्ने प्रतिष्ठान को भनाइ रहेको छ। यस प्रतिष्ठान विक्रम संवत २०७१ सालमा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ को स्थापना भयो। यस प्रतिष्ठान का अध्यक्ष नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तलाई प्रतिष्ठानको जिम्मेवारी दिइएको छ।
Discussion about this post