भाद्र १८, याङ्वरकफोकस
आज पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी ले रोक्न खोज्दा झडप भएको थियोे ।उक्त झडपमा रथ तान्न आएको युवाहरु ले ट्राफिक प्रहरी जवान कमल प्रसाद घिमिरे माथी निर्घात कुटपिट गरेका थिए। घिमिरे को अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ। अन्य चार जना प्रहरी पनि घाइते भएका छन्।
कुटपिट मा संलग्न रहेको व्यक्तिहरु लाई ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई को टोलिले पक्राउ गरेको छ।पक्राउ परेका व्यक्तिहरु लाई अहिले क्वारेन्टिनमा राखिएको छ। उनीहरुको पिसीआर जाँच गरेर कानुनी कारबाही गरिने भनी एसएसपी राईले बताएका छन्।पक्राउ परेका व्यक्ति हरु लाई अभद्र व्यवहारको कसूर अन्तर्गत मुद्दा लाग्ने सम्भावना रहेको छ।
सरकारले निषेधाज्ञा लागू गरेको बेला युवाहरु ले बिना अनुमति रथ तानेको भनी ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रोक्न निर्देशन दिएका थिए ।
Discussion about this post