भाद्र २०, याङ्वरकफोकस
पछिल्लो समय नेपाली गीत संगीतको बजारमा म्युजिक भिडियो ट्रेडिङ मा पर्नु सामान्य झै भैसकेको छ।म्युजिक भिडियो मेकर हरु कसरी ट्रेडिङ मा ल्याउने भनी कम्मर कसेर लागी परेको देखिन्छ तर ट्रेडिङ मा परेको धेरै म्युजिक भिडियोहरु लाई दर्शक श्रोता ले नकारात्मक टिप्पणी गरेका छन् भने कतिपय ट्रेडिङ मा परेको गीतहरु लाई दर्शक श्रोताले खुलेरै सकारात्मक टिप्पणी गरेको देखिन्छ।यहि बिचमा गायक सन्तोष लामाले “डर छैन” भन्दै परिश्रमीहरु को पारिवारिक अवस्था र दैनिकी गुजारा माथीको बिषयमा समसाामयिक म्युजिक भिडियो लिएर बजार मा आएका छन्।
इमानदारीपूर्वक मेहनत गरि जीवन जिउन सकिन्छ, परिश्रम माथी विस्वास गर्नुपर्छ भनेर देख्न सकिन्छ भिडियोमा।जालझेल नगरी परिश्रम गरेर धर्ती ओछ्याइ आकाश ओड्दा पनि खुशी भएको भनी भिडियोमा देखाइएको छ। परिश्रमी मजदुर हरु इमानदार, मेहनती र काम लाई सम्मान गर्छन् भनी “डर छैन” म्युजिक भिडियो मा देख्न सकिन्छ।
“डर छैन” म्युजिक भिडियो लाई दर्शक श्रोताहरु ले सकारात्मक टिप्पणी गर्दै आएको छन् भने यस गीतलाई चर्चित गायक/ गायिका, संगीतकार हरु बाट पनि सकारात्मक कमेन्ट आएको देखिएको छ।
“डर छैन” म्युजिक भिडियो
Discussion about this post