भाद्र २२, याङ्वरकफोकस । पान्थरकाे मिक्लाजुङमा काेराेना पोजेटिभ एक युवककाे ज्यान गएको छ । मिक्लाजुङ गाउँपालिका-२ का ३१ बर्षिय युवककाे क्वारेन्टाइनबाट छुटेको भोलिपल्ट ज्यान गएकाे हाे । श्वास प्रश्वासमा समस्या देखिएको र उपचारको क्रममा ज्यान गएकाे जिल्ला स्वास्थ कार्यलय पान्थरले जनाएको छ।
शनिवार गरेको कोरोना परिक्षणमा नेगेटिभ देखिएपछि आइतबार युवक घर फर्किएका थिए। जिल्ला स्वास्थ कार्यलय पान्थरका अनुसार मृतक मलेसियाबाट आएको र उनलाई पान्थर बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।
Discussion about this post