भाद्र २२, याङ्वरकफोकस ।
ताप्लेजुङ्गकाे तावा खाेलाले बगाएर एक जनाको ज्यान गएकाे छ । शनिवार दिउँसो माछा मार्ने क्रममा खाेलाले बगाउदा सिदिङवा गाउँपालिका-७ सुरुम्खिमका ३२ वर्षिय सूर्यमान लिम्बुकाे ज्यान गएकाे हाे । सूर्यमानसंगै स्थानीय ३६ वर्षीय सुमन लिम्बु पनि बेपत्ता भएका छन् । सिरिजङ्घा गाउँपालिका-७ खेबाङ र सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिमको सिमाना भई बग्ने तावा खोलाको लुम्ला भन्ने ठाउँबाट उनीहरू बेपत्ता भएका थिए।
बेपत्ता मध्ये सूर्यमानकाे शव आइतबार भेटिएको र पोष्टमार्टमको लागि सदरमुकाम पुर्याईएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायक उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । बेपत्ता सुमन लिम्बुलाई स्थानीय र खेबाङ प्रहरी चौकीका प्रहरीले खोजि कार्य गरिरहेको श्रेष्ठले बताएका छन्।
Discussion about this post