पाँचथर भाद्र २२,पाँचथर जिल्लामा थप ४ प्रहरी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकामा जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत ३३ वर्षीय २ सहित २६ र ३८ वर्षीय थप गरी ४ जना रहेकाे स्वास्थ कार्यालय प्रमूख नारदमणी सुवेदीले जानारी गराए ।
पाँचथर अस्पताल फिदिमको भवन निर्माणमा खटेका एक मजदुर र राँके घर भएका एकजना नागरिक रहेका छन ।अवैध हात हतियार मुद्धामा कसुरदार ठहरिएका ती नागरिकलाइ अदालतमा हाजिर गराउने क्रममा प्रहरीले स्वाब संकलन गराएको थियो ।
उनी थुना मुक्त भएर घर फर्किइसकेका छन । संक्रमित सवैलाई जिल्ला स्थित शिक्षा स्रोत केन्द्र भवनमा राखेर उपचार शुरु गरिएको स्वास्थ कार्यालय पाँचथरले जनाएको छ ।
Discussion about this post