भाद्र-२२, डेस्क । ताप्लेजुङ्गमा पहिराेले पुरिएर २ जनाको ज्यान गएको छ । आइतवार राति अविरल बर्षाका कारण गएको पहिरोले पुरिएर सिरिजंघा गाउँपालिका-४ का ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवेको ज्यान गएको हो ।

पहिराेले निर्माणाधिन नागदेवा लघु जलविधुत् आयोजनाको पावर हाउस समेत बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आयोजनाको पावर हाउसमा लिम्बु र थेवे अप्रेटरको काम गर्दै आएका थिए । पावर हाउसमै रहेको बेला पहिराेले पावर हाउस बगाउदा उनिहरुको पनि पुरिएर ज्यान गएकाे हो ।
Discussion about this post