भाद्र २५, याङ्वरकफोकस
पाँचथर, फिदिममा अवस्थित निलकण्ड बोडिङ स्कूलका प्रिन्सिपल कुलराज सुब्बा लाई जिल्ला प्रहरी कार्यालय पाँचथर ले बुधबार पक्राउ गरेको छ।
सोही बोर्डिङ को कक्षा सात मा अध्यनरत १४ बर्षिय बालिकालाई सुब्बाले पटक पटक जबरजस्ती करणी गरेको आरोप लागेको छ। आरोप लागेका सुब्बालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोमनराज अर्यालले बताएका छन्।
पीडित बालिका को बुवाले बुधबार जिल्ला प्रहरी कार्यालय पाँचथरमा जोहरी दिएपछि प्रहरीले सुब्बालाई पक्राउ गरेको हो। कोभिड19 को कारण विद्यालय बन्द भएपनि ट्यूसन पढ्न को लागी ती बालिका विद्यालयकै होस्टलमा बस्दै आएकी थिइन्।
Discussion about this post