भाद्र २६, डेस्क । पाँचथरमा लगाइएको निषेधाज्ञा हटाईए संगै बजार पसल खुलेका छन् भने स्थानीयकाे चहलपहल समेत बढ्न थालेकाे छ । शुक्रबार स्थानिय तहहरुले लगाएको निषेधाज्ञा हटाइए पछि जिल्लाका विभिन्न सहरहरुमा चहलपहल बढेकाे हो ।

निषेधाज्ञा हटाईएपनि जिल्लामा सवारी आवागमन भने भदौ मसान्त सम्मलाई वन्द गरिएको छ । स्वास्थ्य सुरक्षाका उपाय तथा सावधानी अपनाउँदै उद्योग, ब्यापार सञ्चालन गर्न ब्यवसायीलाई स्थानिय तहहरुले आग्रह गरेका छन् । कोभिड–१९ सङ्क्रमण फैलन नदिन पाँचथरका विभिन्न पालिकाहरुले भदौ महिनाको शरुवातदेखि नै लकडाउन गरेका थिए । स्वास्थ्य कार्यालय पाँचथरका अनुसार जिल्लामा हाल १२ जना सङ्क्रमित रहेका छन् । जसमध्ये ११ जना फिदिम स्थित आइसोलेसनमा तथा एक जना धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । जिल्लामा हालसम्म २४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १२ जना उपचारपछि निको भई घर फर्किसकेका छन् ।
Discussion about this post