भाद्र २७, याङ्वरकफोकस । साइँला-साइँली भनेर चिनिएका नायक गौरव पहारी र नायिका मेनुका प्रधानद्वारा अभिनीत म्युजिक भिडियो “गाउँघरै रमाइलो” सार्वजनिक भएको छ । चलचित्र र म्युजिक भिडियोमा दर्शकले रुचाएका जोडी मध्ये गौरव पहारी र मेनुका प्रधानकाे पनि एक हाे । “सुन साइँली” मार्फत साइँला-साइँलीकाे रूपमा चर्चामा आएका यो जोडी फेरि पनि “गाउँघरै रमाइलो” म्युजिक भिडियोमा संगै देखिएका छन् ।
गायक साजन राईको आवाज रहेको गीतमा गाउँले जीवन र प्रेमिल जोडि बिचको मायाप्रेमलाई देखाइएको छ। रमेश कार्कीको शब्द रहेको गीतमा गायक राई आफैले सङ्गीत भरेका हुन् । सन्जीव बराइलीको एरेन्ज रहेको गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका छन् ।भिडियोलाई किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्फेले संयुक्त रूपमा निर्देशन गरेका छन् । छायांकन तुम्बाहाम्फे आफैले गरेका हुन भने अनिल रानाले सम्पादन गरेका छन् ।
“गाउँघरै रमाइलो” भिडियोमा
Discussion about this post