भाद्र २८, याङ्वरकफोकस । पाँचथरकाे फाल्गुनन्दमा ट्याक्टरबाट खसेर एक जनाकाे ज्यान गएकाे छ । शनिवार बेलुका फाल्गुनन्द गाउँपालिका-७ थुम्कीका ४० बर्षिय बलबहादुर कुरुङ्वाङको ट्याक्टरबाट खसेर ज्यान गएकाे हाे ।
प्रहरीका अनुसार बेलुकी सात बजे तिर फक्तेपबाट आङसराङ तर्फ जाँदै गरेको मे १ त ६३०६ नम्बरको ट्याक्टरबाट खसेर बलबहादुरको घटनास्थलमै ज्यान गएकाे हाे । घटना पछि ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
Discussion about this post