सुमन अधिकारी/याङवरक
भदाै ३०, मंलबार । नेपाल टेलिकमको टावरले गत शनिवार देखि काम नगर्दा पाँचथरको हिलिहाङ, याङवरक र ताप्लेजुङ जिल्लाका सिदिङ्वा, सिरिजङ्गा गाउँपालिका र आसपासका क्षेत्रका सेवाग्राही मर्कामा परेका छन् । टेलिकमको एनटीसी, स्काई र सिडिएमए प्रयोकर्ताहरु टावरमा आएका समस्याका कारण मर्कामा परेका हुन् ।
टावरले काम नगरे पछि आफन्तलाई फोन गर्न, अत्यावश्यक कामका लागि सम्पर्क गर्न र ईन्टरनेट चलाउन समेत समस्या भएको नेपाल टेलिकमका प्रयोगकर्ताहरुले गुनासो गरेका छन् ।
उनीहरुले देशकै ठुलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको टावरमा समस्या आउनु अत्यन्तै लज्जाष्पद भएको बताएका छन् । यता नेपाल दूरसञ्चार कार्यालयले भने अमरपुर डाँडा स्थित टेलिकमको टावरमा खराबी आएकोले नेटवर्कमा समस्या भएको बताएको छ ।
Discussion about this post