भाद्र ३०, डेस्क । धरान-११ की २२ वर्षिया साेनीहाङ्गमा लिम्बुकाे मृत्यु प्रकरणमा अनुसन्धानका क्रममा पक्राउ परेकी आमाजुलाई काेराेना सङ्क्रमण भएकाे छ। काेराेना पुष्टि भएपछि उनलाइ घर पठाइएकाे छ ।
साेमबार साँझ आएको रिपाेर्ट अनुसार धरानमा संक्रमण पुष्टि भएका ७ जना मध्ये इलाका प्रहरी कार्यालयकाे थुनामा रहेकी ति महिलामा पनि काेराेना संक्रमण पुष्टि भएकाे उपमहानगरकाे स्वास्थ्य महाशाखाले जनाएकाे छ । साेनी हाङ्गमाकाे माइती पक्षकाले भने काेराेना सङ्क्रमण भए आइसोलेसनमा पठाउनु पर्नेमा पहुँचका भरमा घर पठाइएकाे भन्दै असन्तुष्टि पाेखेका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले भने संक्रमित महिलालाइ उपचारकाेलागी विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान पठाइएकाे तर प्रतिष्ठानले हाेम आइसोलेसनमा पठाएकाे बताए ।
सोनीको माइती पक्षले उनको आत्महत्या नभई हत्या भएको भन्दै किटानी जाहेरी दिएपछि गत बुधबार प्रहरीले सोही जाहेरीको आधारमा मृतक साेनीका ससुरा ६१ बर्षीय भीम माबो, देवर २० बर्षीय हेमकुमार माबो, सोनीका आमाजुहरु २८ बर्षीया सञ्जु माबो र २५ बर्षीया विमला माबोलाई पक्राउ गरेकाे थियाे । पक्राउ परेका चार जनामाथि १० दिनको म्याद थप गरेर अनुसन्धान भईरहेकाे छ । सोनीहाङ्मा लिम्बुको शव पोष्टमार्टमपछि गत बिहीबारै अन्त्यष्टि गरिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरेपछि बिहीबारै खत्री धारामा उनको शव जलाइएको हो । उनको माइती पक्षका अनुसार लिम्बु समुदायमा शव गाड्ने प्रचलन रहेपनि अकालमै मृत्यु भएकाहरुको जलाउने चलन अनुसार सोनीको शव जलाइएको हो ।
र याे पनि,
Discussion about this post