भाद्र-३१, पाँचथर । पाँचथर जिल्लाकाे याङवरक गाँउपालिका वडा नम्बर दुईकाे फलैँचामा करिब चार सय घरकाे पिउने पानी निर्माण कार्य अन्तिम चरणमा पुगेकाे छ। बर्षाै देखि खानेपानीकाे अभाब सङ्गै खाेल्साकाे खुल्ला मुहानबाट ल्याईएकाे दूषित पानी पिउन बाध्य भए पछि स्वस्थ्य पिउने पानी ब्यवस्थापन गर्न लागिएकाे हाे । पिउने पानीकाे मुहान ब्यवस्थित नहुदा झाडापखाला तथा हैजा जस्ता स्वास्थ्य समस्या हुने गरेकाे स्थानीयकाे भनाई छ।
गाउँ देखि करिब १३ किलाेमिटर टाढा वासुम खाेला देखि ल्याउन लागिएकाे खाने पानी घरआगनसम्म पुग्ने भएपछि स्थानियबासी खुशि भएका छन् । प्रदेश सरकारकाे ८ कराेडकाे सहयाेगमा ३२ ओटा रिजर्भ ट्याङ्कि र मुख्य पाईप लाईन निर्माण सम्पन्न भई सकेकाे खानेपानी आयाेजनाले जनाएकाे छ। गत बर्ष सुरु गरिएकाे आयाेजना आगामी मंसिर महिना भित्रमा सबै उपभाेक्ताहरुकाे घरआगनमा पानी पुग्ने उपभाेक्ता समितिका अध्यक्ष अर्जुन बेघाले बताए ।
फलैचाकाे सांगा डाडा, तिम्तिम्बु, टावर डाडा, मुक्लाबु लगायतका चार सय घरमा पानीकाे सुबिधा पुर्याउने लक्ष्य छ । यतिबेला घरघरमा पाईपलाईन विछ्याउने काम भईरहेकाे र अन्य काम ९० प्रतिशत सकिएकाे उपभाेक्ता समितिले जनाएकाे छ।
Discussion about this post