आश्विन-१, डेस्क । आज विश्वकर्मा पूजा देशभरका उद्योग कलकारखाना, विभिन्न सवारीसाधन तथा मेसिनकाे धुमधामका साथ पूजाआजा गरी मनाइदैंछ ।
आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।
आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरीन्छ । मजदुरहरुलाई आजका दिन बिदा पनि दिने चलन छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिकाउ हुने जन विश्वास रहिआएकाे छ ।
Discussion about this post