असोज २, याङ्वरकफोकस । पाँचथरकाे याङवरक गाउँपालिका-४ मा ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका परिवार तथा घाइते भएकालाई आर्थिक सहयाेग रकम उपलब्ध गरिएकाे छ । गत असार २६ गते भएको ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका मानध्वोज माबोको परिवार र अन्य घाइते भएकालाई उपचारको लागि प्रवासमा रहेका थर्पूबासीबाट आर्थिक सहयोग उपलब्ध गराइएकाे हाे ।
पाँचथर थर्पु समाज युकेबाट ३ लाख ८८ हजार ६ सय र अमेरिकामा रहेका थर्पुबासीबाट १ लाख ५७ हजार ३ सय ५८ रुपैयाँ गरी जम्मा ५ लाख ५ हजार ९ सय ५८ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गरिएकाे हाे ।

सहयाेग रकम मध्ये मृतक मानध्वजका परिवारलाई ५४ हजार ८ सय ८० तथा घाइतेहरु हांङजिति माबोलाई १ लाख ८० हजार ८ सय ३०, जितेन्द्र रोक्कालाई १ लाख ७ हजार २ सय ३०, आचल थापालाई ८२ हजार ९ सय १५, अकिल बहादुर माबोलाई ८२ हजार ९ सय १५ र सरु सिवालाई १७ हजार ५ सय रुपैयाँ प्रदान गरिएको छ। उक्त रकम घाइतेको अवस्था हेरि उपलब्ध गरिएकाे “आर्थिक सहयोग वितरण कार्यक्रम” का संयाेजक शिक्षक हर्क तावाले बताए ।
सहयाेग वितरण कार्यक्रम याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेकाे प्रमुख आतिथ्यतामा बिहीवार सम्पन्न गरिएकाे हाे । रण बहादुर तावाको अध्यक्षता रहेकाे कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्ष, वडा प्रतिनिधि, विभिन्न संघ/संस्थाका प्रतिनिधि, शिक्षक, प्रहरी प्रशासनका सदस्य, पत्रकारका साथै स्थानीय नागरिकहरुको उपस्थिती रहेको थियो ।
Discussion about this post