असोज ३, याङ्वरकफोकस । नेपालकाे संविधानले आफ्नाे माग समेट्न नसकेकाे भन्दै विभिन्न राजनीतिक दलका पार्टीहरुले विराेध जनाएका छन् । २०७२ असाेज ३ मा जारी संविधानलाई पहिचान विराेधी संविधान भएकाे भन्दै पाँचथरका विभिन्न राजनीतिक दलहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै विराेध जनाएका हुन् ।
जनता समाजवादी पार्टी जिल्ला समन्वय समिती, सलोराम संघीय लिम्बुवान मञ्च जिल्ला कार्य समिति, संघीय लिम्बुवान पार्टी जिल्ला कार्य समिती र राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिती पाँचथरद्वारा जारी विज्ञप्तिमा नेपालकाे संविधान विभेदकारी, पहिचान विरोधी भएकाले संविधान संशोधन गरि पहिचान सहितको १०+१ प्रान्तको माग गरिएकाे छ ।

संविधान घोषणा भए देखि नै विभिन्न पहिचान सहितको राजनीतिक पार्टीहरुले असन्तुष्टि र विरोध जनाउँदै आएका छन् । संविधानमा रहेका विभेदकारी र त्रुटिपूर्ण प्रावधानहरूलाई सच्याउन र मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम लगायतका मुद्दा सम्बोधन गर्न नसकेको भन्दै असोज ३ गतेलाई कालो दिनको रुपमा लिईएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
Discussion about this post