असोज ३, याङ्वरकफोकस । शनिवार डिल्लीबजार स्थित विजय स्मारक विद्यालयमा महानायक राजेश हमालले ११३ जना चलचित्र प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका छन् । कोभीड-१९ का कारण समस्यामा परेका चलचित्र प्राविधिकहरूलाई हमालले प्रतिव्यक्ति ५ हजारको दरले आर्थिक सहयोग गरेका हुन् ।
कोरोनाका कारण प्राविधिकहरुको जीवनयापनमा भएकाे समस्यामा महानायक हमालबाट प्राप्त भएको सहयोगले ठूलो राहत मिलेको भनी प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए ।
Discussion about this post